बाराको विश्रामपुरमा ३५ वर्षीया महिलाले झुण्डिएर आत्महत्या

समाचार

बारा, असार २८ । बाराको विश्रामपुर गाउँपालिका–३ मुसहरवामा एक ३५ वर्षीया महिलाले झुण्डिएर आत्महत्या गरेकी छन्।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब ४ बजे ती महिलाले आफ्नै सुत्ने कोठामा साडीको पासो बनाई पङ्खामा झुण्डिएर आत्महत्या गरेकी हुन्।
घटनाको जानकारी प्राप्त भएपछि बारा प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय पर्सौनी बाट प्राविधिक टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाउने तयारी भइरहेको जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *