मधेशमा शान्ति–सुरक्षा सुदृढ बनाउन एआईजी ठाडा मगरको निर्देशन

समाचार

वीरगञ्ज,१७ साउन  । सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश बहादुर ठाडा मगर मधेश प्रदेशमा खटिई प्रदेशभरको शान्ति–सुरक्षा अवस्थाबारे सरोकारवाला निकायहरूसँग समन्वयात्मक छलफल गर्नुभएको छ।

उहाँले स्थानीय प्रशासन, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूसँग प्रभावकारी समन्वय कायम गर्दै प्रदेशको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यक रणनीतिका विषयमा छलफल गर्नुभएको हो।

एआईजी ठाडा मगरले मधेश प्रदेशमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन, सबै सुरक्षा निकायसँग प्रभावकारी समन्वय गरी सम्भावित सुरक्षा चुनौतीको समयमै सामना गर्न तथा नागरिकको शान्ति–सुरक्षामा कुनै कमी आउन नदिन निर्देशन दिनुभएको छ।

उहाँले कानुनको प्रभावकारी कार्यान्वयन, सीमावर्ती क्षेत्रको सुरक्षा, अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षा सुनिश्चित गर्न सशस्त्र प्रहरी बल सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी जिम्मेवारी निर्वाह गर्न मातहतका प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *