धादिङको गजुरीमा सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

समाचार

धादिङ ,१ भदौ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण राजमार्गमा सवारी आवागमन पूर्णरूपमा प्रभावित बनेको थियो।

सम्बन्धित निकायको पहलमा पहिरो हटाएपछि सडक खुलाइएको र अहिले राजमार्गमा दुईतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।

पहिरो हटाइए पनि वर्षायामका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम रहेकाले यात्रु तथा चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *