मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत

समाचार

वीरगञ्ज, ९ भदौ । मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहम्मद जयन्तीको अवसरमा वीरगञ्ज महानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालयमा भोलि (बुधबार) सार्वजनिक बिदा दिइएको छ।

वीरगञ्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा एक दिन सार्वजनिक बिदा रहने जनाएको हो।

महानगरपालिकाको प्रशासन तथा जनशक्ति व्यवस्थापन शाखाका अधिकृत विजय कुमार गुप्ताद्वारा हस्ताक्षरित सूचनामा महानगरपालिकाको आदेशबमोजिम विद्यालयमा बिदा दिने निर्णय गरिएको उल्लेख छ।

यद्यपि, विद्यालयमा सार्वजनिक बिदा रहे पनि वीरगञ्ज महानगरपालिका कार्यालयको नियमित कामकाज भने यथावत् सञ्चालन हुने भएको छ। कार्यबाहक नगर प्रमुख इम्तियाज आलमको सचिवालयका अनुसार मधेश प्रदेश सरकारको सूचनाबमोजिम महानगरपालिकामा कार्यरत मुस्लिम धर्मावलम्बी कर्मचारीलाई मात्र विशेष बिदा उपलब्ध गराइनेछ।

यससँगै मोहम्मद जयन्तीका अवसरमा विद्यालय तहमा बिदा हुने भए पनि महानगरपालिकाका प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी कामहरू नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *