भरतपुरमा ईभी कारमा भीषण आगलागी, कारभित्र एक पुरुष जलेको अवस्थामा मृत फेला

समाचार

चितवन ,२६ भदौ । चितवनको भरतपुरमा विद्युतीय कार (ईभी) मा अचानक आगलागी हुँदा कारभित्र एक जना पुरुष जलेको अवस्थामा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०८३ भदौ २६ गते बिहान करिब ६ बजे भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा उक्त घटना भएको हो।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो। कारमा आगलागी भएको सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र हालसम्म नाम, थर र ठेगाना नखुलेका एक जना पुरुष जलेको अवस्थामा मृत फेला पारेको जनाएको छ।

आगलागीका कारण कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ। मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारणसमेत तत्काल खुल्न सकेको छैन। मृतकको पहिचान तथा आगलागीको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *