वीरगञ्ज ,३१ भदौ । सशस्त्र प्रहरी बल, नेपालले पर्साको वीरगञ्जबाट दुई थान सिक्सर, दुई थान कट्टुवा पेस्तोल र एसएलआरको गोली बरामद गरेको छ।
मिति २०८३ भदौ ३१ गते सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१५ स्थित बास्तु विहार चोक नजिक शंकास्पद अवस्थामा रहेको भारतीय नम्बर प्लेटको कारलाई रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा कारबाट सिक्सर २ थान, कट्टुवा पेस्तोल २ थान तथा ७.६२ एमएम एसएलआरको गोली ६ राउण्ड बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद हतियार तथा गोली आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
