बारामा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

समाचार

बारा ,२२ चैत । जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियास्थित सडकमा ग.१ क ५१०६ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने कृष्ण कुमार गुप्ताकी छोरी १८ महिनाकी आकृती कुमारी गुप्ताको शुक्रबार बिहान मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *