आज इद उल फित्रः मुस्लिम समुदायले कसरी मनाउँछन ? जान्नुहोस्

जीवनशैली समाचार

रसीद आलम, बिरगंज ,९ बैशाख ।

आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ । इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो, जुन रमजान महिना पूरा भएपछि मनाइन्छ। उपवास ईद उल फित्र सँगै समाप्त हुन्छ। इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ। यो बिहान प्रार्थना सँगै सुरु हुन्छ ।

 

रमजान १० चैत शुक्रबारबाट सुरु भएको थियो । त्यसैले आज ९ बैशाख अर्थात शनिबार इद उल फित्र मनाइँदैछ। इस्लामिक मान्यता अनुसार, रमजानमा शुद्ध हृदयले व्रत बस्ने र नमाज अदा गर्नेहरूका सबै जायज मनोकामानाहरु पूरा हुन्छ तथा पापहरू अल्लाहले क्षमा गर्नुहुन्छ।

ईद उल फित्रको महत्व

इस्लामिक विश्वास अनुसार कुरान पहिलो पटक रमजान महिनाको अन्त्यमा मात्र आएको थियो। मक्काबाट पैगम्बर मोहम्मदको बसाई पछि पवित्र शहर मदिनामा इद उल फित्र मनाउन सुरु भएको थियो। यो विश्वास गरिन्छ कि पैगम्बर हजरत मुहम्मदले बद्रको युद्ध जितेका थिए। यो जितको खुसीमा उनले सबैको मुख मीठो बनाएका थिए । यो दिनलाई मेथी ईदी वा ईद उल फित्रको रूपमा मनाइन्छ।

यस दिन भर्मीसेली, मिठाई जस्ता मीठो परिकार बनाइन्छ। घरमा आएका पाहुनालाई मीठो सेरा खुवाइन्छ । इदी साथीभाइ र आफन्तहरूमा बाँडिन्छ। मानिसहरूले एकअर्कालाई अँगालो हालेर भाईचारा कायम गर्दै ईद मुबारकको शुभकामना दिन्छन् । इद उल फित्रलाई परोपकारको पर्व पनि भनिन्छ ।

 

इद कसरी मनाइन्छ ?

ईदको अवसरमा मुस्लिम धर्मावलम्बीहरूले बिहान नयाँ लुगा लगाएर नमाज अदा गर्छन् । त्यसपछि आफ्ना साथीहरू र परिवारका सदस्यहरूसँग सँगै चाड मनाउछन् । यसलाई खुसी बाँड्ने पर्व मानिन्छ । यस दिन मुस्लिमहरूले शीर खुर्मा र सेमसेलीजस्ता स्वादिष्ट परिकार र उपहारहरू आदानप्रदान गर्छन्।

यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ ।

चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि सोही शुक्रबारवाट व्रत बस्न सुरू भएको थियो भने हिजो साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिए पछि ‘इदुल फित्र’ पर्वकाे तिथी तय भएकाे हाे । साेही अनुसार आज मनाउन लागिएको हो ।  जसअनुसार एक महिना अघि अरबिक क्यालेन्डर अनुसार रमाजान महिना सुरु भएको थियाे ।

 

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका धर्मालम्बीहरु दिनमा भने निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन छ ।

रमजानमा अल्लाहको आशिर्वाद प्राप्त हुने विश्वासका साथ दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्ने कार्य यो महिनामा गरिन्छ ।

 

रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ ।

 

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *