बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

राजनीति समाचार

काठमाडाैं, ३ जेठ । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ ।

 

दुई देश बीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो ।

 

नेपालको बिजुली भारतीय प्रसारण लाईन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ ।  नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात गरि आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ ।

 

दुई देश बीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत बर्ष भदौ मै नेपाल र बंगलादेश बीच भएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *