विराटनगर, २८ असार । जिल्ला कारागार मोरङमा पूर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दीको ज्यान गएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको ज्यान गएको प्रहरीले जानकारी दिएको हो ।
उनी कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा थिए । बिरामी परेका उनलाई आज कोशी अस्पताल लगिएको थियो । अस्पतालले बिहान करिब १० बजे मृत घोषित गरेको थियो ।
कर्तव्य ज्यान मुद्दामा दमाईलाई जिल्ला अदालत मोरङले बैशाख ७ गते पूर्पक्षका लागि कारागार चलान गरेको थियो ।
