अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँद्वारा अबैध कपडा पक्राउ ।

समाचार

बिरगंज ,३०, असार ।

अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँले भन्सार छली ल्याएको अबैध कपडा पक्राउ गरेको जनाएको छ।

शुक्रबार  बिहान् ८:४५ को समयमा बिरगंज म.न.पा.१६ ईनर्वागाउँ स्थित अस्थायी प्रहरी पोष्ट ईनर्वाका प्रहरी सहायक निरीक्षक मुनिलाल राउतको कमाण्डमा खटिएको गस्ती टोलीले भारतको रक्सौलबाट भन्सार छली अबैध तरिकाले चोरि पैठारी गरि ल्याउदै गरेको कुर्ता- सरवाल ७५ थान बरामद गरेको अस्थायी प्रहरी पोष्ट ईनर्वाले जनाएको छ।

पक्राउ गरेको उक्त अबैध कपडाको अन्दाजी बजार मुल्य रु.७५ हजार बराबरको मुल्यांकन गरि आवश्यक कार्यवाहीको लागि वडा प्रहरी कार्यालय बिर्तामा पठाइएको अस्थायी प्रहरी पोष्ट ईनर्वाका प्रहरी सहायक निरीक्षक मुनिलाल राउतले जानकारी गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *