प्रधानन्यायाधीशमा श्रेष्ठ सिफारिस

समाचार

काठमाडौं ,१८ साउन – प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन्। संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई वरिष्ठताका आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो। परिषद्‌बाट सिफारिस भएका श्रेष्ठको संसदीय सुनुवाइ भई अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते सकिँदै छ। संविधानको प्रावधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिना अगावै नाम सिफारिस गरिसक्नु पर्ने हुन्छ। तर, परिषद्ले ढिला गरी नियुक्ति सिफारिस गरेको हो। परिषद्को मंगलबारको बैठक कुनै निश्कर्ष बिना सकिए पनि आजको बैठकले प्रधानन्यायाधीशको सिफारिस गरेको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *