भारतीय प्रतिबन्धित नोट सहित एक भारतीय ब्यक्ति पर्सा प्रहरीद्वारा पक्राउ।

समाचार

रसीद आलम, पर्सा ,२१ साउन ।

भारतीय प्रतिबन्धित नोट सहित एक भारतीय ब्यक्तिलाई शनिबार पर्सागढी नगरपालिका वडा नं.१ मनवा बजारमा पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा BR22 AJ 3199 नम्बरको कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा भारत विहार जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा जसौली बस्ने वर्ष ३५ को लालु मियाँको शरिर खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीवाट भारतीय प्रतिबन्धित रू.५०० दरका नोट २४९ थान, भारतीय रू.१०० दरका नोट २ थान र रू.२० दरका नोट ३थान गरी जम्मा भातीय रू.एक लाख चौवीस हजार सात सय साठी फेला परेको हुदाँ मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका डिएसपी दिपक गिरीले बताएका छन् ।

पक्राउ परेका निजलाई आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *