रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रण हुँदै

रौतहट,१० असोज  । पछिल्लो ८ दिनदेखि राजपुर नगरपालिकाको दुई वडामा फैलिएको  हैजा क्रमश: नियन्त्रण हुँदै गएको छ । समयमै निषेधित क्षेत्र घोषणा र डाक्टरहरु अहोरात्र खटेर गरिरहेको उपचारले हैजाको कारण कसैले पनि ज्यान गुमाउनु नपरेको स्थानीयले बताएका छन् । हैजा अन्य समुदायमा फैलिन नदिन रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गत ६ गते एक सूचना […]

पुरा पढ़नुश

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह

काठमाडौँ ,१० असोज । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तिब्र बनाएपछि बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ । बेलायतका प्रधानमन्त्री केयर स्टाररले बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै आफ्ना नागरिकलाई लेबनान छोड्न अपिल गरेका छन् । साथै बेलायतको रक्षा मन्त्रालयले लेबनानबाट बेलायती नागरिकलाई बाहिर निकाल्न ७०० सैनिकको फौज पठाउने भएको छ । बेलायती सरकारले पनि नागरिकलाई […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओली र एमसीसीकी कार्यकारी प्रमुख अल्ब्राइटबीच भेटवार्ता

काठमाडौँ,१० असोज  । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँगको अल्ब्राइटले भेट गरेकी हुन् ।  भेटपछि प्रधानमन्त्री ओलीले प्रसारण लाइन र राजमार्गहरू मार्फत उच्च गुणस्तर जडानको लागि परियोजनाको चाँडै पूरा गर्न तत्पर […]

पुरा पढ़नुश

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

काठमाडौँ ,१० असोज । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ता खुला गरेको हो । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को […]

पुरा पढ़नुश

सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

काठमाडौँ ,१० असोज । सुडानमा पछिल्लो महिना हैजाको प्रकोपका कारण मृत्यु हुनेको संख्या ४३० नाघेको छ । देशमा जारी गृहयुद्धका बीच सुडानको स्वास्थ्य मन्त्रालयले हैजाका बिरामी झण्डै १४ हजार पुगेको जानकारी दिएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले हैजाबाट मुक्ति पाउन हरसम्भव प्रयास गरिरहेको बताएको छ । सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा […]

पुरा पढ़नुश

नागरिकको सुरक्षानै पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन

मधेस प्रदेश ,९ असोज  । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले नागरिकको सुरक्षानै पहिलो प्राथमिकामा राखेर काम गर्न निर्देशन दिएका छन् । उनले जस्तोसुकै विषम परिस्थितिमा पनि नागरिकको सुरक्षामा कुनै कमी नगर्न निर्देशन दिएका छन् । प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक जिल्लातर्फ निक्लेका डीआईजी आचार्यले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन निरीक्षणपछि जिल्लाका सम्पूर्ण […]

पुरा पढ़नुश

पर्सा सशस्त्रले नियन्त्रणमा लियो १३ लाख भन्दा बढीका विभिन्न सामान।

बिरगंज ,९ असोज । सशस्त्र प्रहरी बल पर्साले १३ लाख २४ हजार १ सय ८९ रुपैयाँ  बराबरको भन्सार छलिका विभिन्न सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिहं धामिको कमाण्डमा खटिएको टोलिले पर्साको बिरगंज म.न.पा-१६ स्थित विभिन्न सीमा नाकाहरुबाट भन्सार छलीका ११ लाख २४ […]

पुरा पढ़नुश

भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ

काठमाडौँ ,९ असोज । झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापाको यातायात बन्दको घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका […]

पुरा पढ़नुश

चार केन्द्रीय सदस्यसहित आठ जनालाई जनमतले सोध्यो स्पष्टीकरण

काठमाडौँ,९ असोज  । जनमत पार्टीले आठ जनालाई स्पष्टीकरण सोधेको छ । जनमत पार्टीले चार जना केन्द्रीय सदस्यसहित आठ जनालाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएका आठ जनामा चार केन्द्रीय सदस्य, तीन साधारण सदस्य र एक पालिका सचिव रहेका छन् । महोत्तरी जलेश्वरको कार्यक्रममा होहल्ला गरी पार्टीको अनुशासन विपरीत काम गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको पार्टीका […]

पुरा पढ़नुश

त्रिविका परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने

काठमाडौं ,८ असोज । त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले त्रिविको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको हो। यसैगरी वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले एक पटक मौका […]

पुरा पढ़नुश