पर्सा सशस्त्रले नियन्त्रणमा लियो १३ लाख भन्दा बढीका विभिन्न सामान।

समाचार

बिरगंज ,९ असोज ।

सशस्त्र प्रहरी बल पर्साले १३ लाख २४ हजार १ सय ८९ रुपैयाँ  बराबरको भन्सार छलिका विभिन्न सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिहं धामिको कमाण्डमा खटिएको टोलिले पर्साको बिरगंज म.न.पा-१६ स्थित विभिन्न सीमा नाकाहरुबाट भन्सार छलीका ११ लाख २४ हजार १ सय ८९ रुपैयाँ बराबरको कपडा, मोटरपाट्स तथा किराना सामान बरामद गरेको छ।

बरामद गरिएको सामान तथा १ लाख ५० हजार बराबरको बिआर ०५ एन ५२४६ नम्बरको भारतीय मोटरसाइकललाई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

त्यस्तै , बि.ओ.पि. अमरपट्टीबाट खटिएको टोलीले विन्दवासिनी गा.पा-३ भलुवा सीमा ईलाकाबाट मुल्य रु. ५० हजार  बराबरको कपडा बरामद गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

साथै सुरक्षा वेश बेलवाबाट खटिएको टोलिले रु. ७० हजार  बराबरको (२८ क्यु.फिट. २ वटा सालको गोलिया) नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय सबैयामा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *