तीन जिल्लामा २० जनामा हैजा पुष्टि

काठमाडौँ ,१६ साउन । यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए । उनले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने […]

पुरा पढ़नुश

पूर्व भूमिसुधार राज्यमन्त्रीको हत्यामा संलग्न दुई जना पक्राउ

सर्लाही,१५ साउन  । सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने पूर्व भूमिसुधार राज्यमन्त्री ८१ वर्षीय रामचन्द्र राय यादवको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कबिलासी नगरपालिका-३ घर भई चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने २५ वर्षीय राम उजैन राय र ४६ वर्षीय बिरेन्द्र राय रहेका छन् । रामचन्द्र राय गत साउन ७ […]

पुरा पढ़नुश

लाखौं मुल्य बराबरको लत्ताकपडा तथा खाद्यान्नका सामानहरू पर्सा प्रहरीको नियन्त्रणमा ।

रसीद आलम ,बिरगंज ,१५ साउन । पर्सा प्रहरीले भन्सार छलिएका लाखौं मुल्य बराबरको लत्ताकपडा तथा खाद्यान्नका सामानहरू बरामद गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा विभिन्न स्थानहरुबाट ३ लाख ७० हजार बराबरको कपडा, खाद्यान्न तथा खुद्रा सामानहरू बरामद गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा […]

पुरा पढ़नुश

सहकारी ठगि गरी फरार भएकाहरुलाई पक्राउ गर्ने काम गर्दैछौं- गृहमन्त्री लेखक

काठमाडौं,१५ साउन  । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन् । सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताए । उनले भने, ‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ । सहकारी बचत रकम दुरुपयोग […]

पुरा पढ़नुश

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक

काठमाडौँ ,१५ साउन । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ । साउन १० गते बसेका मन्त्रिपरिषदको बैठकका निर्णय सोमबार सार्बजनिक गरिएको हो ।

पुरा पढ़नुश

राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको कर्मचारीलाई निर्देशन

काठमाडौं ,१५ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको उल्लेख गर्दै लक्ष्य प्राप्तिका लागि सबै सामर्थ्य […]

पुरा पढ़नुश

पूर्वाधार विकासका सव-इन्जिनियरसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१५ साउन  । सिन्धुपाल्चोकको चौतारास्थित पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर हिराबाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले ग्रामीण सडकको स्तरोन्नति गर्ने क्रममा उनीहरूले ८० हजार रुपैयाँ घुस लिएको दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले थापासहित सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पाविरुद्ध रिट दायर गरेको […]

पुरा पढ़नुश

बाघको संख्या निश्चित सीमामा कायम गर्नुपर्छ- प्रधानमन्त्री ओली

ललितपुर ,१५ साउन । प्रधानमन्त्री के पी शर्मा ओलीले संख्या वृद्धि गर्ने क्रममा सधैं  दोब्बर बनाउने नभई सीमिततामा आधारित रहेर देशको क्षमताअनुसार बाघको संख्या वृद्धि गर्नुपर्ने बताएका छन् । विश्व बाघ दिवस २०२४ का अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बालबालिकासँग बाघ संवाद गर्दै  प्रधानमन्त्री ओलीले वन्यजन्तुको सिकार र […]

पुरा पढ़नुश

ज्योतिषी खतिवडालाई तीन दिन थुनामा राखेर अनुसन्धान अदालतको अनुमति

काठमाडौं ,१५ साउन । आफूलाई धार्मिक अभियन्ता र ज्योतिषी बताउने पुष्कर खतिवडालाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेको र सो कुरा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको आरोपमा खतिवडा सोमबार पक्राउ परेका थिए । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका थिए । काठमाडौं […]

पुरा पढ़नुश

कामु प्रधानसेनापतिमा सिग्देल नियुक्त

काठमाडौँ,१५ साउन  । सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले  सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री शर्माको कार्यकाल आगामी भदौं २४ […]

पुरा पढ़नुश