निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौँ,२१ जेठ  । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ । गत असोजमा ‘प्रसाद-२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको […]

पुरा पढ़नुश

मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक

काठमाडौँ,२१ जेठ  । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक उल्लंघनकर्तालाई ट्राफिक स्वयंसेवी बनाउने मन्त्रीस्तरिय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट, ललितपुरका उज्जव माली, पर्साका […]

पुरा पढ़नुश

केजरीवालले गरे दिल्लीको तिहाड जेलमा आत्मसमर्पण

दिल्ली ,२१ जेठ  । २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् । दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले मुख्यमन्त्री केजरीवालले निर्धारित समयमा आत्मसमर्पण गरेको जानकरी दिएकी हुन् । उनले केजरीवालको स्वास्थ्य राम्रो नभएको बताएकी छन् । जेल जानु अघि केजरीवालले […]

पुरा पढ़नुश

मधेस प्रदेशका चार जना पत्रकार अन्तरास्ट्रिय अवार्डबाट सम्मानित

पर्सा, २१ जेठ । मधेस प्रदेशका चार जना पत्रकार अन्तरास्ट्रिय अवार्डबाट सम्मानित भएका छन । रास्ट्रिय नेवार पत्रकार मंचले आयोजना गरेको प्रथम अन्तरास्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको आयोजना गरि सार्क अन्तर्गत रहेका भारत, भुटान, बङ्गलादेश र नेपालका पत्रकारहरूलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरेको हो । मधेस प्रदेशका चार जना पत्रकारलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ । पर्सा […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा ८ लाख बराबरको भन्सार छलिका सामान बरामद।

बिरगंज ,२० जेठ । सशस्त्र प्रहरी बल पर्साले रु. ८ लाख ६ हजार ३ सय ५५ बराबरको भन्सार छलिका सामान बरामद गरेको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंज र बिरगंज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलिले बिषेश सुचनाको आधारमा बिरगंजमा एक ब्यक्तिले सन्चालन गरेको फुड प्रोडक्टमा अबैध रुपमा भण्डारण गरी राखेको मुल्य ५८ हजार ५० […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ,२० जेठ  । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका ७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८० भाद्र १३ गतेको निर्णयले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को मिति […]

पुरा पढ़नुश

सुनसरीबाट १ करोड १ लाख स्रोत नखुलेको रकम सशस्त्र प्रहरीले बरामद गर्‍यो ।

सुनसरी ,२० जेठ । सुनसरीबाट जेठ १९ गते  १ करोड १ लाख रुपैयाँ बरामद भएको   छ । सुनसरी जिल्लाको  हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिरस्थित बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाई छिपाई राखेको सो रकम बरामद गरेको हो […]

पुरा पढ़नुश

स्रोत नखुलेको रकमसहित पर्साबाट ६ जना र काठमाडौबाट २ जना गरि आठ जना पक्राउ।

रसीद आलम ,पर्सा,२० जेठ । पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ४ लाख ८२ हजार नेपाली रूपैयाँ र १ लाख ७२ हजार ५ सय भारतीय रूपैयाँसहित धादिङ धुनीवेशी नगरपालिका-१ बस्ने ३२ वर्षीय राजन तामाङ समेत ६ जनालाई शनिबार बेलुकी पर्सा प्रहरीले पक्राउ गरेकको छ । […]

पुरा पढ़नुश

डा. महतको प्रश्न- विदेशबाट आउने आलु-प्याजको भ्याट हटाएर स्वदेशी उत्पादन कसरी संरक्षण हुन्छ ?

काठमाडौं ,२० जेठ । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा आशंका रहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै डा.महतले ऋणको भार बढिरहेका बेला ९९ अर्ब  आन्तरिक ऋण लिने निर्णय लिएको भन्दै आलोचना गरेका हुन् । उनले भने- ‘१८ खर्ब ६० अर्ब बजेट पुर्‍याउन अर्थमन्त्री […]

पुरा पढ़नुश

यातायात कार्यालय गौर दलालको केन्द्र बन्यो, दुई पक्राउ

रौतहट,२० जेठ ।रौतहट जिल्ला सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालय दलालहरूको केन्द्र बनेको छ। दुई पांग्रे चारपांग्रे सवारी चालक अनुमति पत्र पैसाको भरमा सजिलै पाइने हुँदा गौर कार्यालय दलालको लागि आकर्षणको केन्द्र बनेको हो। यसैबीच, गौरको ट्रायल सेन्टरबाट दुई जना दलाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ। ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलको गुनासो आएपछि […]

पुरा पढ़नुश