रौतहट प्रहरीद्वारा २४ लाख बढिको तस्करीको सामान बरामद

रौतहट १० बैशाख। रौतहट स्थित तस्करहरुले बिभिन्न नाकाहुँदै अबैध रुपमा भारत बाट भित्र्याएको २४ लाख रुपैयाँ भन्दा बढीको तस्करीको बिभिन्न सामान ५ दिन भित्र प्रहरीले बरामद गरेको छ।   यही बैशाख  देखि ४ गते देखि ९ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्लाको बिभिन्न स्थानबाट भंसार छली ल्याएको २४ लाख ५२ हजार […]

पुरा पढ़नुश

भारतमा गर्मीः समाचार पढदा पढदै न्युज एंकर भइन अचानक बेहोस

नयाँ दिल्ली, १० बैशाख । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ।   चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा गर्मी हावाको लहरका कारण समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । समाचार पढदै गर्दा उनको रक्तचाप अचानक […]

पुरा पढ़नुश

सर्वोच्च अदालतले दियो रामदेवलाइ झटका, भन्यो, ‘योग शिविर चलाएकाे सेवा कर तिर्नु’

नयाँदिल्ली, १० बैशाख । योग गुरु रामदेवका लागि  पछिल्लाे समय कुनै शुभ समाचार आएको छैन ।   अब रामदेवका योग शिविरहरू पनि सेवा करको दायरामा परेका छन् । सर्वोच्च अदालतको फैसलापछि अब स्वामी रामदेव र पतञ्जली योगपीठ ट्रष्टले योग शिविर आयोजना गर्दा  ‘सेवाकर’ तिर्नुपर्ने भएको छ ।   सर्वोच्च अदालतमा अप्रिल १९ मा सुनुवाइका क्रममा न्यायाधीश […]

पुरा पढ़नुश

२२ लाख हुण्डी कारोबारमा सलंग्न पक्राउ परेका दुई जनाको नाम पर्सा प्रहरीद्वारा सार्वजनिक ।

रसीद आलम ,बिरगंज ,९ बैशाख। हुण्डी कारोबारमा सलंग्न दुई जना ब्यक्तिहरुलाई स्रोत नखुलेको २२ लाख ५ हजार ७ सय रुपैयाँसहित बैशाख ७ गते पर्सा प्रहरीले आदर्शनगरस्थित रूङटा कम्लेक्स मार्केटभित्रबाट पक्राउ गरेको थियो । आज प्रेस बिज्ञयप्ती जारी गरि उनिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा बाराको कलैया उपमहानगरपालिका वडा नं.२३ बस्ने वर्ष ३८ को […]

पुरा पढ़नुश

रोयल च्यालेन्जर्स बैंगलुरुमाथि कोलकोताको एक रनको रोमाञ्चक जित

काठमाडौँ,९ बैशाख  । कोलकोता नाइट राइडरसले रोयल च्यालेन्जर्स बैंगलुरुमाथि रोमाञ्चक जित हासिल गरेको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोताले  बैंगलुरुमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो । कोलकोताले दिएको २२३ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा अल आउट हुदै २२१ रन बनाए पछि खेल एक रनले हारेको हो । यस अघि पहिला […]

पुरा पढ़नुश

वीरगञ्ज-१६ का आकाश कुमार गुप्ता लगायतका गोदामबाट भन्सार छलिएका २ करोड २० लाख बराबरको कपडा पक्राउ,आवश्यक कार्वाहीको लागि भन्सार बुझाईयो:पर्सा प्रहरी ।

बिरगंज ,९ बैशाख। पर्सा प्रहरीले तस्करीका २ करोड २० लाख बराबरको विभिन्न ब्राण्डका कपडाहरू बिरगंजको गोदामबाट पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुई करोड बीस लाख बराबरका विभिन्न किसिमका लत्ताकपडाहरू बरामद गरि आवश्यक कारवाहीको लागि बैशाख ०७ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ। बैशाख ०६ गते […]

पुरा पढ़नुश

मेरी श्रीमतीकाे खाानामा शौचालय सफा गर्ने केमिकल मिसाइयोः इमरान खान

इस्लामावाद, ९ बैशाख । पाकिस्तानको एक अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको मेडिकल जाँचको लागि अनुरोध स्वीकार गरेको छ ।   अदालतले दुई दिनभित्र पूर्व प्रथम महिलाको निजी अस्पतालमा एन्डोस्कोपी गर्न निर्देशन दिएको छ। ७१ वर्षीय खानलाई धेरै मुद्दामा दोषी ठहर गर्दै रावलपिंडीको अदियाला जेलमा राखिएको छ भने बुशरा बीबी […]

पुरा पढ़नुश

दुबइको बाढीले २४ घण्टामा १ खर्ब १३ अर्ब बढीको नोक्सान, सफा गर्न मात्रै १ अर्ब डलर खर्च हुने

दुबइ, ९ बैशाख । दुबईमा आएको बाढीले अर्बौं डलरको क्षति गरेको छ । विनाशकारी वर्षाले केही छोडेन।   रमाइलो दृश्यका लागि प्रसिद्ध सहरमा मंगलबार परेको भारी वर्षाले तहसनहस बनाएको छ ।   अविरल वर्षाका कारण नगरको विमानस्थल, सडक, मानिसका घर तथा व्यापारिक संस्था पानीमा डुबेका छन् । अबको केही सातामा स्थितिमा सुधार आउने विश्वास गरिएको […]

पुरा पढ़नुश

पर्साको छिपहरमाईमा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाख ९ वीरगंज ।पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा शनिबार दिउँसो आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ । भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरू पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनायो । प्रहरी,स्थानिय […]

पुरा पढ़नुश

राष्ट्रिय महिला टीमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौँ,८ बैशाख  । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन् । मलेसिया क्रिकेट संघका अनुसार उक्त […]

पुरा पढ़नुश