वीरगञ्ज-१६ का आकाश कुमार गुप्ता लगायतका गोदामबाट भन्सार छलिएका २ करोड २० लाख बराबरको कपडा पक्राउ,आवश्यक कार्वाहीको लागि भन्सार बुझाईयो:पर्सा प्रहरी ।

समाचार

बिरगंज ,९ बैशाख।

पर्सा प्रहरीले तस्करीका २ करोड २० लाख बराबरको विभिन्न ब्राण्डका कपडाहरू बिरगंजको गोदामबाट पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुई करोड बीस लाख बराबरका विभिन्न किसिमका लत्ताकपडाहरू बरामद गरि आवश्यक कारवाहीको लागि बैशाख ०७ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।

बैशाख ०६ गते बेलुकी ४:३० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा ६ तुल्स्यान मार्केट ( पमपम बिल्डिङ्ग) मा घरकोठा भाडामा लिइ सोही बिल्डिङमा संचालन गरेका वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष २४ को आकाश कुमार गुप्ता, वडा नं.६ बस्ने वर्ष ४४ को रामएकवाल कुशवाहाको गोदाम तथा हाल सम्म नामथर वतन नखुलेका छ वटा अन्य गोदामहरूबाट सर्टिङ सुर्टिङ थान कपडा, सर्ट थान कपडा, पाइन्ट थान कपडा, सुती प्रिन्टेड कपडा, ढाकाको थान कपडा, साडी, कुर्ता सुरवाल, मर्दानी धोती, ब्लाउज थान कपडा, चोलो बनाउने थान कपडाहरू छापामारी गरि बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *