पर्सा:पिकअपमा लागु औषध बरामद , दुई जना पक्राउ ।

रसीद आलम ,बिरगंज ,२६, चैत । पर्सा प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।पिकअपमा लुकाई छिपाई लगिरहेको अवस्थामा भारी मात्रामा लागु औषध बरामद गरेको जनाएको छ। भारतबाट वीरगञ्जतर्फ आउदै गरेका सवारीसाधनहरूमा प्रतिबन्धित लागु औषध ओसार पसार कार्य भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त प्रहरी टोलीले चैत […]

पुरा पढ़नुश

वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब टेक्निसियन नियन्त्रणमा

वीरगन्ज,२६ चैत  । वीरगन्जको नेशनल मेडिकल कलेजमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगन्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले छापा मारेको छ । मेडिकल कलेजमा म्याद गुज्रिएको औषधी फेला परेपछि कलेजका एमडी सहनाज हुसौन अंसारी र ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेशनल मेडिकल कलेजको प्रयोगशालामा महानगरका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य कन्हैया […]

पुरा पढ़नुश

नवनियुक्त १० जिल्ला न्यायाधीशको पदस्थापन कहाँ गरियो ?

काठमाडौँ ,२६ चैत । नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरुको पदस्थापन गरेको हो । पदस्थापन हुने न्यायधीशहरुमा अर्जुप्रसाद कोइरालालाई सरकार वकिलको कार्यालय दोलखाको जिल्ला न्यायाधिवक्ता, नरेन्द्रबहादुर बुढालाई सर्वोच्च अदालतको इजलास अधिकृत, जीवनकुमार भण्डारीलाई उच्च अदालत विराटनगरको रजिष्ट्रार, मुकुन्द आचार्यलाई उच्च अदालत पोखराको रजिष्ट्रार, विमला रेग्मीलाई महान्यायाधिवक्ताको कार्यालयमा उपन्यायाधिवक्ता, […]

पुरा पढ़नुश

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक, के के छन् ?

काठमाडौँ ,२६ चैत । चैत्र २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । आइतबार मन्त्रिपरिषदले गरेका १५ निर्णय सार्बजनिक गरिएको हो । मन्त्रिपरिषदले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र केनाइन कार्यालयमा  सो पदमा कार्यरत पदाधिकारीको कार्यकाल समाप्त हुनासाथ स्वत: खारेज हुने गरि दुई डिआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ ।

पुरा पढ़नुश

भिसा अवधि सकिएर नेपाल बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ ,२६ चैत । नेपालमा भिसाको अवधि सकिएपछि पनि दश बंगलादेशी नागरिक पक्राउ गरिएको छ । प्रहरीले नेपाल प्रवेश गरेर गैर कानुनी ढंगले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो । काठमाण्डौंको सोह्रखुट्टे, ठमेल एरियाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको थियो । […]

पुरा पढ़नुश

महेश बस्नेतविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता

काठमाडौँ ,२६ चैत । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा फौजदारी कसुरमा जाहेरी  दर्ता भएको हो । युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । उनले […]

पुरा पढ़नुश

सभामुखले प्रधानमन्त्रीसहित चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै

काठमाडौँ ,२६ चैत । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले आगामी संसद बैठकमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्ने समिति गठनसहित सरकार नआए बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले ४ दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी […]

पुरा पढ़नुश

जनमतका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटना

काठमाडौँ ,२६ चैत । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ । हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको र थप […]

पुरा पढ़नुश

उपप्रमुख आलमको नेतृत्वमा वीरगंज महानगरपालिकाको बजार व्यवस्थापन समितिको बैठक ।

बिरगंज ,२५ चैत । वीरगंज महानगरपालिकाको बजार व्यवस्थापन समितिको बैठक बसि बिभिन योजनाहरुमा छलफल गरेको छ। बजार व्यवस्थापन समितिको संयोजक तथा उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकले मुस्लिमहरुको पबित्र महिना रमजानको बेलामा बजार अनुगमन गरि बिरगंज बजारमा रहेको म्याद नाघेको खाद्यान्न समाग्रीहरुलाई नष्ट गर्ने,मुल्य वृद्धि गरि अधिक मुल्यमा बिक्री वितरण गर्नबाट रोक लगाउन र नियमित […]

पुरा पढ़नुश

बिरगंज गुल्मका डिएसपी रिजालको कमान्डमा लाखौं मुल्य बराबरको विभिन्न समान बरामद ।

पर्सा,२५ चैत । सशस्त्र प्रहरी बल पर्साले भन्सार छलिएका लाखौं मुल्य बराबरको विभिन्न समान बरामद गरेको छ। सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मका डिएसपी सुरज रिजालको कमान्डमा खटिएका टोलीले वि.म.न.पा-१६ भन्सार मेनगेटमा चेकजाँचको क्रममा अबैध रुपमा भारतबाट नेपालतर्फ रा १ ह १९१६ नम्बरको टेम्पोमा लुकाई छिपाई ल्याउदै गरेको रु. ३६ हजार ३ सय बराबरको […]

पुरा पढ़नुश