प्रधानमन्त्रीले आज दुबईमा नेपाली समुदाय र उद्योगीहरुसँग अन्तरक्रिया गर्ने

दुबई, १४ मंसिर  ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबइ पुगेका छन ।   जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १४ गते संयुक्त अरब इमिरेट्सको दुबई पुगेका हुन । स्थानीय समय अनुसार राति करिब १ः३० बजे उहाँ दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको प्रधानमन्त्रीको […]

पुरा पढ़नुश

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ।   अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी सुरू गरेका छन् । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट सुरू हुनेछ भने लगभग […]

पुरा पढ़नुश

चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू

नयाँदिल्ली, १४ मंसिर ।  चीनमा बालबालिका देखिएको निमोनिया ‘आउटब्रेक’ भएको छ ।   बालबालिका र बृद्धबृद्धाहरुमा तिव्र रुपमा बढ्दो रहस्यमय माइकोप्लाज्मा निमोनियाको संक्रमणलाई मध्यनजर गर्दै भारतमा पनि तयारी सुरू भएको छ ।   चीनबाट भारतमा यो संक्रमण फैलिएमा त्यसको रोकथाम र नियन्त्रणका लागि राज्यहरूले विशेष तयारी गरेका छन् । केन्द्र सरकारले यस सम्बन्धमा अलर्ट जारी […]

पुरा पढ़नुश

मणीपुरको सबैभन्दा पुरानो सशष्त्र समुहले छाडयो हतियार, सम्झौता पछि अब शान्ति प्रकियामा

नयाँदिल्ली, १४ मंसिर । मणिपुरको सबैभन्दा पुरानो सशस्त्र समूह यूएनएलएफ हिंसा त्यागेर मूलधारमा समाहित भएको छ ।   केन्द्रीय गृहमन्त्री अमित शाहका अनुसार मणिपुरको सबैभन्दा पुरानो सशस्त्र समूह यूएनएलएफ हिंसा त्याग्न र मूलधारमा सामेल हुन सहमत भएको हो। उनका अनुसार युएनएलएफसँग भारत सरकारले शान्ति सम्झौतासमेत गरेको छ ।   गृहमन्त्रीले  शाहले भने, ‘मणिपुरको सबैभन्दा पुरानो […]

पुरा पढ़नुश

रौतहटमा ऐतिहासिक गोल्मा राजारानीको दरबारका लागि थाइ राजाले पठाएका २.५ करोडको बुद्धको मुर्ति

मंसिर १४, रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।   थाई सरकारले  सहयोमा गरेको दुई करोड रुपैयाँ को लागतमा यही मंसिर १६ गते वुद्व भगवानको मुर्ति राख्न लागिएको समजसेवी वीर बहादुर रखालले बताए ।   ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रमा […]

पुरा पढ़नुश

पर्साको ठोरीमा गाँजा खेती नष्ट।

रसीद आलम,बिरगंज ,१३ मंसिर । पर्सा प्रहरीले ठोरीमा दश कट्ठामा लगाईएको गाँजा खेती फँडानी तथा नष्ट गरेको जनाएको छ। विशेष सूचनाको आधारमा बुधबार दिउँसो १:०० बजेदेखि ४:५० बजेसम्म जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक संतोष राईको कमाण्डमा खटीएको टोलीले पर्साको ठोरी गाउँपालिका वडा नं.३ र ४ मा दश कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको ८ […]

पुरा पढ़नुश

भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण

काठमाडौँ, १३ मंसिर । राहुल द्रविड भारतीय राष्ट्रिय टिमको प्रशिक्षक रहिरहने भएका छन् । २०२१ को नोभेम्बरमा दुई बर्षका लागि भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनेका द्रविडको यही नोभेम्बरमा प्रशिक्षकको रुपमा कार्यकाल सकिँदै थियो ।   भारतीय क्रिकेट कन्ट्रोल बोर्डले द्रविडको सम्झौताको अवधि नवीकरण गरिएको जानकरी दिएको छ । तर, कहिलेसम्म उनी प्रशिक्षक रहन्छन् भन्ने स्पष्ट गरेको छैन । […]

पुरा पढ़नुश

युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

धनगढी, १३ मंसिर । विवाहमा गएका कैलालीका एक युवकको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामूहिक कुटपिटबाट मंगलबार राति मृत्यु भएको हो। सामूहिक कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा ६० लाख भन्दा बढीका समानहरु सहित ट्रक पक्राउ।

रसीद आलम ,बिरगंज ,१३ मंसिर । बिरगंजको गण्डक चोकमा बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। मंसिर ११ गते राति १०:१५ मा बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.६ ख […]

पुरा पढ़नुश

११ माघमा राष्ट्रिय सभाको निर्वाचन

काठमाडौं, १३ मंसिर । राष्ट्रिय सभाको रिक्त हुने सदस्य चयनका लागि आगामी ११ माघमा निर्वाचन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा रिक्त हुने सदस्य पदका लागि आगामी ११ माघमा निर्वाचन गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार निर्वाचन आयोगले दिएको परामर्शका […]

पुरा पढ़नुश