ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम ।

पर्सा , ७ मंसिर । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको पथरैयामा रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। प्रतिदिन पर्सामा रक्तदान गर्नेहरुको संख्यामा कमी हुदाँ रक्त सन्चार केन्द्रमा रगतको अभाव हुने भएकोले त्यसलाई लक्षित गरि “रक्तदान जिवनदान” भन्ने नाराका साथ ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले रक्तदान कार्यक्रमको आयोजना गर्न गइरहेको जनाइएको […]

पुरा पढ़नुश

पर्सा : लगभग ८० लाख बराबरको समानहरुसहित ट्रक पक्राउ ।

बिरगंज ,६ मंसिर । बिरगंजमा बिल बिजक भन्दा बढी तथा बिल बिजक सन्कास्पद देखिएको लगभग ८० लाख बराबरको खुद्रा समानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मंसिर ५ गते राती ११:५५ बजे बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका […]

पुरा पढ़नुश

धनगढीबाट बैंक ह्याक गर्ने गिरोह पक्राउ

धनगढी, ६ मंसिर । बैंक ह्याक गर्ने गिरोहलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालयनै व्यवस्थापन गरि बैंक ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि बुधबार कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ। पक्राउ पर्नेहरूको परिचय खुलाइएको छैन। प्रहरी सहायक निरीक्षक अनिल विष्टले लामो […]

पुरा पढ़नुश

बोराभित्र भेटियो महिला र पुरुषको शव

चितवन, ६ मंसिर । चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ ।   भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको हो ।   मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।

पुरा पढ़नुश

मंसिर ७ को प्रदर्शनको मानवअधिकार आयोगले अनुगमन गर्ने

काठमाडौं, ६ मंसिर  । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ७ मंसिर बिहीबार गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चले बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताएका हुन् ।   व्यवसायी प्रसाईं र युवा […]

पुरा पढ़नुश

होटेलमा एक महिला मृत फेला, पाँचजना पक्राउ

पोखरा, ६ मंसिर । पोखराको एक होटेलमा महिला मृत फेला परेको घटनामा पाँचजना पक्राउ परेका छन् । पोखराको होटेल युनिकमा मंगलबार राति तनहुँकी सुकु विक मृत फेला परेका घटनामा संलग्नताको आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । सुकु पोखराको पृथ्वीचोकस्थित एक होटेलमा काम गर्दै आएकी उनी अर्कै होटेलमा शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् । […]

पुरा पढ़नुश

प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएकोमा खुशी व्यक्त गरेका छन् ।   उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठले गृह प्रशासनको नीतिगत सुधारबारे सुझाव पेस गर्न गठन गरेकाे अध्ययन समिति र उपसमितिका संयोजक तथा सदस्यहरुसँग बुधबार बिहान भएको भेटघाटमा उनले प्रशासन तथा सुरक्षा सुधारको आवश्यकता […]

पुरा पढ़नुश

नयाँ कार्यकक्षबाट प्रधानमन्त्री प्रचण्डले भने- अब सरकार नयाँ ढंगबाट अघि बढ्छ

काठमाडौं, ६ मंसिर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारबाट नयाँ कार्यकक्षको प्रयोग गरेका छन् । पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्ष प्रयोग गर्दै उनले अब सरकार नयाँ ढंगले अघि बढ्ने बताएका हुन् । सिंहदरबारको पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा […]

पुरा पढ़नुश

यमनविरुद्ध खेल्ने नेपाली टोलीको प्लेइङ एलेवेन

काठमाडौं, ५ मङ्सिर । नेपालले आज साँझ ७ बजेपछि यमनसंग विश्वकप छनौट अन्तर्गतको खेल खेल्दै छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले यमनविरुद्ध खेल्ने प्लेइङ ११ सार्बजनिक गरेका छन् । यमनविरुद्ध खेल्ने नेपाली प्लेइङ ११ मा किरण चेम्जोङ (कप्तान), अनन्त तामाङ, सनिष श्रेष्ठ, रोहित चन्द, एरिक बिष्ट, उत्सव राई, सेसेहाङ आङदेम्बे, दीनेश हेन्जन, जिलेस्पीजंग […]

पुरा पढ़नुश

इजरायल–हमासबीच युद्धविराम सम्झौता, हमासले ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

काठमाडौं, ६ मंसिर । डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन् । गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धललाई विराम गर्दै इजरायलले आक्रमण रोक्ने र हमासले पहिलोचरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका हुन। इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई […]

पुरा पढ़नुश