प्रहरी सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागु, यस्ताे छ नयाँ ब्यवस्था

काठमाडौं, ३१ साउन । नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापदण्ड लागु भएको छ।   “प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” अनुसार ठूलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो।   तालिमपश्चात पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको […]

पुरा पढ़नुश

आर्थिक वर्ष ०७९/०८० मा रु.२४ करोड २८ लाख बराबरको चोरी पैठारीका विभिन्न सामानहरु सहित ४४ वटा मालबाहक सवारी साधनहरु पक्राउ गरि सम्बन्धित कार्यालयमा बुझाएको : सशस्त्र प्रहरी बल नेपाल पर्सा ।

रसीद आलम,बिरगंज ,३० साउन । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे. क्वा. पर्सा तथा मातहतका  यूनिटहरूबाट आर्थिक वर्ष  ०७९/०८० मा चोरी निकासी पैठारीका विभिन्न सामानहरु तथा सवारी साधनहरु नियन्त्रणमा लिई सो को रु.२४ करोड २८ लाख ८० हजार ९३१बराबरको मुल्यांकन गरि सम्बन्धीत कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल पर्साका […]

पुरा पढ़नुश

गालेर सकियो तस्करीको सुन, तौल सार्वजनिक गरिँदै

काठमाडौं, ३० साउन । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएसँगै ताैल सार्वजनिक छ । मंगलबार बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो । गालिएको सुनको तौल सार्वजनिक गर्ने तयारी भइरहेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । यसअघि […]

पुरा पढ़नुश

सुन तस्करीसम्बन्धमा सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : कृष्णबहादुर महरा

दाङ, ३० साउन । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् ।   सुन तस्करीमा उनको संलग्नता रहेको आशंका गर्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठिरहेका बेला मंगलबार दाङमा पत्रकारसँग कुरा गर्दै महराले अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएका हुन् ।   सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर  बाहिर […]

पुरा पढ़नुश

जगदम्बा इन्टरप्राइजेजले गर्‍याे १५ अर्ब ४६ करोडको व्यापार

काठमाडौ, ३० साउन । जगदम्बा इन्टरप्राइजेज प्रालिले आर्थिक वर्ष २०२१-२२ मा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । केयर रेटिङ नेपालका अनुसार यस प्रालिले अघिल्लो वर्षको भन्दा १०.२३ प्रतिशत व्यापार वृद्धि गरेको हो । आर्थिक वर्ष २०२०-२१ मा यसले १४ अर्ब २ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । त्यस्तै, […]

पुरा पढ़नुश

दक्षिणी रूसको पेट्रोल पम्पमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु

मस्को, ३० साउन । दक्षिणी रुसको दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।   क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाचकलामा उक्त विस्फोट भएको थियो।   सो घटनामा परी थप ६० जना घाइते भएका छन्  ।  चिकित्सकहरूलाई उद्धृत गर्दै एक अपुष्ट रुसी रिपोर्टका अनुसार मृत्यु हुनेको संख्या २५ सम्म […]

पुरा पढ़नुश

अमेरिकामा डढेलो पछि १३ सय सम्पर्कबिहिन, १० तालिम प्राप्त कुकुर परिचालन

हवाइ, ३० साउन । हवाईमा सल्केको डढेलोमा जलेका घरहरू र सवारी साधनहरु अत्याधिक देखिए पछि त्यहाँ स्थिति थप चिन्ताजनक देखिएको छ।   उद्धार टोलीहरूले प्रति दिन १० देखि २० थप पीडितहरू फेला पार्न सक्ने सम्भावना रहेको त्यहाँको गभर्नरले चेतावनी दिएका छन्। बितेको एक शताब्दीमा अमेरिकाको सबैभन्दा घातक डढेलोको रुपमा यसलाई लिईएको छ ।   अहिलेसम्म […]

पुरा पढ़नुश

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउने गठबन्धनको निर्णय

काठमाडौं, ३० साउन । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सुन प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समिति नबनाउने निष्कर्ष निकालेको छ।   सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शीर्ष नेताहरूबीच बसेको बैठकले उच्चस्तरीय छानबिन समिति बनाउँदा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरिरहेको अनुसन्धानलाई नै अवरोध हुने निष्कर्ष निकालेको हो।   नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेका […]

पुरा पढ़नुश

भारतको स्वतन्त्रता दिवसमा सुरक्षा कडा, ड्रोन क्यामेराबाट शंकास्पदको पहिचान गरिने

नयाँदिल्ली, २९ साउन । भारतमा मंगलबार अर्थात अगस्ट १५ मा ७७औँ स्वतन्त्रता दिवस मनाइँदैछ ।   जसकाकारण राजधानी दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ । राष्ट्रिय राजधानी सुरक्षित रहन र मानिसहरूलाई कुनै असुविधा बिना आवतजावत गर्न सुनिश्चित गर्न अगस्ट १५ को स्वतन्त्रता दिवसमा १० हजार भन्दा बढी पुलिसकर्मीहरू शहरभर खटाइएको छ । प्रहरी जनसम्पर्क अधिकारी […]

पुरा पढ़नुश

सुन तस्करी प्रकरण : एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्न खोजियो– राहुल महरा

काठमाडौं, २९ साउन । पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराले सुन तस्करी प्रकरणमा एकोहोरो आफूहरुमाथि आरोप लगाएर चरित्र हत्या गर्न खोजिएको बताएका छन् । सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र उनको छोरा राहुलको संलग्नताबारे समाचार प्रकाशित भएको विषयलाई लिएरसमेत उनले सञ्चारमाध्यमहरूले एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्न खोजेको आरोप लगाएका हुन् […]

पुरा पढ़नुश