राप्रपा नेपाल र जन आन्दोलन मोर्चाबिच एकीककरण हुदैँ

काठमाडौँ, १६ साउन । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच आज एकता हुदैँछ ।   गत आइतबार राप्रपा नेपाल र मोर्चा बिच भएको सहमति अनुसार आज एकता हुन लागेको हो  ।   आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणासभाका लागि अन्तिम तयारी पुरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका […]

पुरा पढ़नुश

फोक्सोको क्यान्सरको उपचार गर्ने रोबोट निर्माण, भन्छन- उपचारमा नयाँ क्रान्ति

लन्डन, १६ साउन । युनिभर्सिटी अफ लीड्सका वैज्ञानिकहरूले फोक्सोको क्यान्सरको उपचारमा ठूलो उपलब्धि हासिल गरेका छन्।   अन्वेषकहरूले २ मिलिमिटर व्यास भएको रोबोट विकास गरेका छन्, जसले गहिराइमा गएर क्यान्सरको लक्षण पत्ता लगाउन र उपचार गर्न सक्षम रहेको जनाइएको छ । चुम्बकद्वारा नियन्त्रित अल्ट्रा सफ्ट टेन्टेकल रोबोटले सबैभन्दा सानो ब्रोन्कियल ट्युबमा पुगेर उपचार प्रदान गर्न […]

पुरा पढ़नुश

आइएसले लियो ५४ जनाको ज्यान जाने पाकिस्तानको आत्मघाती हमलाको जिम्मेवारी

इस्लामबाद, १६ साउन । इस्लामिक स्टेट समूहले पाकिस्तानको बाजौर आत्मघाती विस्फोटको जिम्मेवारी लिएको छ । सोमबार भएको सो आत्माघाती हमलामा अहिलेसम्म  २३ बालबालिकासहित ५४ जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी घाइते भएका छन् ।   अलजजिराका अनुसार इस्लामिक स्टेट (आईएसआईएले)  का एक आत्मघाती आक्रमणकारीले खार शहरमा भीडको बीचमा आफ्नो विस्फोटक भेस्ट विस्फोट […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज पर्साद्धारा अबैध भारतीय रुपैया रु. २ लाख ५० हजार १०० सहित १ जना ब्यक्ति पक्राउ, रु.२ लाख ५० हजार मुल्य बराबरको अवैध सामानहरु नियन्त्रणमा ।

रसीद आलम,वीरगंज, १५ साउन । सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज पर्साले अबैध भारतीय रुपैया रु. २ लाख ५० हजार १०० सहित एक जना पुरुषलाई पक्राउ गरेको जनाएको छ । बिशेष सुचनाको आधारमा सप्रनि प्रेम सिंह बिष्टको कमाण्डमा खटिएको ७ जनाको गाडी मोबाईल टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ना ४९ प […]

पुरा पढ़नुश

मधेस प्रदेश सरकारबाट दुई मन्त्रीले दिए राजीनामा

जनकपुरधाम, १५ साउन । मधेश प्रदेश सरकारका दुईजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । विनाविभागीय जिम्मेवारीमा रहेका जनमतबाट मन्त्री बनेका दुईजनाले सोमबार पदबाट राजीनामा दिएका हुन् । पार्टीको निर्देशनानुसार मधेश प्रदेश सरकारका मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिएका हुन् ।   मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूको जिम्मेवारी खोसेर भूमि व्यवस्था, कृषि तथा सहाकारी […]

पुरा पढ़नुश

विद्युत् प्राधिकरणका देशभरका कार्यालयद्वारा वृक्षरोपण

काठमाडौं,१५ साउन । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरुमार्फत सोमबार वृक्षरोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र÷उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु, सबस्टेसन कार्यालयहरु, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहरुमा कार्यारत कर्मचारीहरुले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानहरुमा वृक्षरोपण गरेका हुन् ।   कार्यालयहरुले आ–आफ्नो […]

पुरा पढ़नुश

सूचना टाँसेर संसद् बैठक स्थगित

काठमाडौं, १५ साउन । सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।   एक सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध जारी राख्ने भएपछि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।   सूचना टाँसेर सोमबार बोलाइएको बैठक मंगलबार दिउँसो […]

पुरा पढ़नुश

कटुवा पेस्तोलसहित एकजना पक्राउ

मोरङ, १५ साउन । पथरी शनिश्चरे नगरपालिका-३ विकास टोल बस्ने ३२ वर्षीय राज कुमार तुम्बापोलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]

पुरा पढ़नुश

आजको फलफूल तथा तरकारीको मूल्य, सबैभन्दा सस्ताे बन्दा

काठमाडौ, १५ साउन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।   जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १२०, टनेल गोलभेडा सानो ८०, घिउ सिमी लोकल २५, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, आलु सेतो ३४, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ४५, लौका ४० […]

पुरा पढ़नुश

अमेरिकामा ९ घण्टा उडानमा आमाछोरी माथी निरन्तर यौन दुर्ब्यबहार

न्यूयोर्क, १५ साउन । अमेरिकामा डेल्टा एयरलाइन्समा यात्रा गर्दा एउटी महिला र उनकी १६ वर्षीया छोरीका लागि कष्टदायी समय बनेको रिपोर्ट बाहिर आएको छ ।   ९ घण्टाको लामो उडानमा आमा छोरीको छेउमा बसेका यात्रुले यौन दुव्र्यवहार गरेको आरोप छ । यस सम्बन्धमा परेको मुद्दामा डेल्टा एयरलाइन्सको विमानमा सवार यात्रुले कम्तीमा १० पटक मदिरा (भोड्का) […]

पुरा पढ़नुश