सूचना टाँसेर संसद् बैठक स्थगित

राजनीति समाचार

काठमाडौं, १५ साउन । सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

 

एक सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध जारी राख्ने भएपछि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

 

सूचना टाँसेर सोमबार बोलाइएको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जनाएका छन् ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *