बिरगंजमा जेम्स ग्रुप सर्भिसले दुई दिने शैक्षिक परामर्शको आयोजना गर्ने।

समाचार

पर्सा ,६ जेठ ।

वीरगन्जको जेम्स ग्रुप सर्भिसले दुई दिने शैक्षिक परामर्शको आयोजना गर्ने भएको छ ।

वीरगन्ज लिंकरोडमा रहेको कार्यालयमा मई २१ र २२ मा शैक्षिक परामर्शको आयोजना गर्ने भएको हो ।

जेम्स ग्रुप सर्भिसका संचालक प्रकाश यादवका अनुसार शैक्षिक परामर्शमा कक्षा १२ उतिर्ण गरेका र भर्खरै परिक्षा दिएका विद्यार्थीहरुलाई प्रत्यक्ष परामर्श गरिने छ ।

शैक्षिक परामर्शमा भारतका विभिन्न प्रदेशका युनिभर्सिटीका प्रतिनिधिहरु सहभागी हुने यादवले बताए ।

शैक्षिक परामर्शमा भिआइटी युनिभर्सिटी ,एसआरएम युनिभर्सिटी , जैन युनिभर्सिटी ,सिम्बोसिस युनिभर्सिटी र बिग्नान युनिभर्सिटीका प्रतिनिधिहरु विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिने उनले बताए ।

यस्तै शैक्षिक परामर्शमा सहभागी भएका युनिभर्सिटीका विभिन्न छात्रवृत्ति बारेमा जानकारी गराइने छ ।

भारतमा पढ्ने इच्छा रहेका विद्यार्थीले प्रत्यक्ष रूपमा शैक्षिक परामर्शमा सहभागी भएर फाइदा लिन यादवले आग्रह गरे ।

स्रोतज्योतिदैनिक

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *