गाईको मासु तस्करीकाे आरोपमा कुटेर एकको हत्या, १० पक्राउ

मुम्बई, ११ असार । महाराष्ट्रको नासिक जिल्लामा गाईको मासु तस्करी गरेको आशंकामा गोरक्षकहरूको समूहले एक व्यक्तिको हत्या गरेका छन् । मुम्बईको कुर्लाका ३२ वर्षीय अफान अन्सारी आफ्ना सहकर्मी नासिर शेखसँग कारमा गाईवस्तुको मासु बोकेर जाँदै गर्दा गोरक्षकहरूले उनीहरूलाई रोकेर कुटपिट गरेका थिए। दुवैलाई अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ […]

पुरा पढ़नुश

रौतहट प्रहरीद्वारा लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ ।

रौतहट ,१०,असार । लागु औषध ब्राउन सुगर सहित एक जना मानिसलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। असार ८ गते बेलुकी ६:३० बजेको समयमा जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित खटिएको प्रहरी टोलीले सवारी साधन तथा मानिस चेकजाँच गर्ने क्रममा ना ५८ प ४२४६ नम्वरको स्पेलेण्डर मोटरसाईकल सहित जिल्ला रौतहट चन्द्रपुर […]

पुरा पढ़नुश

जमिनकाे पानी निकाल्दा पृथ्वी ८० सेमी पुर्व ढल्कियाे

नयाँ दिल्ली, १० असार । जनसंख्या बृद्धिसँगै विश्वका आवश्यकताहरु पनि बढ्दै गएका छन्, पानी यस्तो मुख्य आवश्यकता हो ।   बाेरिङ जमिनबाट पानी निकाल्ने एक सामान्य तरिका हो। जमिनमुनिको पानी पनि अन्य धेरै तरिकाले दोहन भइरहेको छ। एक अध्ययनमा भनिएको छ कि मानिसको यो आवश्यकताले पृथ्वीको मुड बिगारेको छ ।     अन्तर्राष्ट्रिय अन्वेषकहरूको समूहले […]

पुरा पढ़नुश

विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

काठमाडौं, १० असार । बहाल तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत विशिष्ट व्यक्ति तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता बोलाइएको जानकारी दिए । उनका अनुसार ३१६ सुरक्षाकर्मीमध्ये १९० नेपाल प्रहरी […]

पुरा पढ़नुश

काठमाडौं महानगर : धुलोरहित काठमाडौं कार्यक्रमलाई १०० करोड रकम विनियोजन

काठमाडौं, १० असार ।  काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष पनि धुलोरहित काठमाडौं कार्यक्रम निरन्तरता दिएको छ ।   आइतबार नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनीता डंगोलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा उक्त कार्यक्रम समावेश गरिएको छ । उनका अनुसार धुलोरहित काठमाडौं कार्यक्रमका लागि १०० करोड रकम विनियोजन गरिएको छ । महानगरको सार्वजनिक पूर्वाधार निर्माण […]

पुरा पढ़नुश

बालेन शाहविरुद्ध मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा परेको छ । गत शुक्रबार  अधिवक्ता वर्षाकुमारी झले बालेनविरुद्ध दिएको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको हो ।   भारतीय फिल्मसम्बन्धी उच्च अदालत […]

पुरा पढ़नुश

पशुपतिमा सुनको जलहरी जोख्ने अख्तियारको तयारी

काठमाडौं, १० असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरेको छ । आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो । सुन जोख्न सिसिटिभी र बत्ती जडानको काम पनि भइरहेको छ ।   सुनको जलहरी […]

पुरा पढ़नुश

धोविनी गाउँपालिकामा भईरहेको भ्रष्टाचार विरुद्ध ज्ञापन पत्र ।

पर्सा ,१० असार । धोबिनी गाउपालिकामा व्यापक भ्रष्टाचार भएको र सो विरुद्ध चार दल ने.क.पा.माओवादी केन्द्र ,​ने.क.पा.एमाले ​,जनमत पार्टी ​र लो.स.पा.नेपालले जिल्ला प्रशासन कार्यालय, पर्सा मार्फत सम्माननिय प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ज्ञापन पत्र  बुझाएको ने.क.पा.माओवादी केन्द्र ​पर्साका नेता सलाउदिन अहमदले जनाएका छन् । सो ज्ञापन पत्र यस प्रकार छ:- मिति २०८०/०३/१० सम्माननिय प्रधानमन्त्री ज्यू, सिंहदरबार, काठमाण्डौँ […]

पुरा पढ़नुश

आजवाट नागरिकता वितरण हुने

काठमाडौं, १० असार । आजवाट नागरिकता वितरण कार्य धमाधम हुने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा  नागरिकता वितरण गर्न लागेको हो  ।   राष्ट्रपति रामचन्द्र पौडेलद्धारा हालै प्रमाणित नागरिकता बिद्येयकलाई सर्वोच्च अदालतले हालै सदर गरे पछि आजवाट नागरिकता बितरण हुन लागेको […]

पुरा पढ़नुश

फ्रान्समा १० बर्षसम्म श्रीमतीको बलात्कार गराएर भिडियो खिच्ने पक्राउ

पेरिस, १० असार । फ्रान्समा एक ब्यक्ति आफ्नी श्रीमतीलाई अन्य पुरुषसँग १० वर्षसम्म बलात्कार गराएर फिल्म बनाएको आरोपमा पक्राउ गरेका छन् । उनी आफनी श्रीमतीलाई अरु पुरुषलाई बलात्कार गर्न लगाउँथे र त्यसको पुरै भिडियो खिचेर राख्दथे, जसलाई अहिले प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा चलाईएको छ । आरोपित व्यक्तिको नाम डोमिनिक पी हो । उनको ५० […]

पुरा पढ़नुश