रौतहट ,१०,असार ।
लागु औषध ब्राउन सुगर सहित एक जना मानिसलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
असार ८ गते बेलुकी ६:३० बजेको समयमा जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित खटिएको प्रहरी टोलीले सवारी साधन तथा मानिस चेकजाँच गर्ने क्रममा ना ५८ प ४२४६ नम्वरको स्पेलेण्डर मोटरसाईकल सहित जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं ४ वस्ने बन्सीधर गुरौको छोरा वर्ष ३० को बिबेक गुरौलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
निजको शरिर तलासी गर्दा साथबाट अबैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.४६० (एक प्वाईन्ट चार सय साठी ग्राम) फेला परेकोले उक्त लागु औषध ब्राउन सुगर बारामद गरी निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भई रहेको रौतहट प्रहरीले जनाएको छ।