५१ लाख बराबरको ट्रकसहित हार्डवेयरका सामानहरू पर्सा प्रहरीको नियन्त्रणमा ।

रसीद आलम,बिरगंज ,१६ जेठ । बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयरका सामानहरू सहित ट्रक पक्राउ  गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार  बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर लगायतका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट   खटिएको प्रहरी टोलीले सोमबार  राती ११:३० बजे को समयमा  […]

पुरा पढ़नुश

पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन

काठमाडौँ, १६ जेठ । बाराका पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि आग्रह गरेको छ ।  काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकामा बसेबास गदै आएका पत्रकार अधिकारी काठमाडौँ महानगरपालिका थापागाउँ, नयाँ बानेश्वरबाट गत शुक्रबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।   शुक्रबार बिहान घरबाट कार्यलय निस्केका उनी अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो […]

पुरा पढ़नुश

 भारतको नक्सामा कपिलवस्तु र लुम्बिनी राखिएको विषय नेपाल सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौ, १६ जेठ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनमा राखेको भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखेको नेपाल सरकारको नोटिसमा रहेको जानकारी दिएका छन् ।   मंगलबार बसेको संसदको पूर्वाधार समितिको बैठकमा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयबारे बुझ्न बाँकी रहेको जानकारी दिए । तर, सरकारले नोटिस भने गरिसकेको […]

पुरा पढ़नुश

५८ लाख भन्दा बढीका सामानहरू लोड रहेको पिकअप पक्राउ ।

रसीद आलम, बिरगंज । बिल बिजक भन्दा बढी कस्मेटिक लगायतका सामानहरू लोड रहेको पिकअप वडा प्रहरी कार्यालय श्रीपुरले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ प्रहरीका अनुसार बिल विजक भन्दा बढी कस्मेटिक लगायतका सामानहरू बोकेको माल बाहक पिकअप ड्राईपोर्टबाट वीरगञ्जतर्फ आउदै गरेको  सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहिको कमान्डमा  खटिएको प्रहरी […]

पुरा पढ़नुश

जग्गाको कित्ताकाट फुकुवा गरिने,सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने,९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क:अर्थमन्त्री डा. प्रकाशशरण महत

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने जानकारी दिए । उनका अनुसार जग्गाको कित्ताकाट फुकुवा भएपछि घरजग्गाको कारोबार विस्तार हुने अपेक्षा […]

पुरा पढ़नुश

भारतीय संसदकाे भित्तेचित्रमा लुम्बिनी र कपिलबस्तु राखे पछि बाबुराम भट्टराईको आपत्ति

काठमाडौं, १५ जेठ । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतले आफनो नयाँ संसद भवनमा राखिएको भिते चित्रमा अंकित भौगलिक पहिचान प्रति चासो ब्यक्त गरेका छन् ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उदघाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलबस्तु र लुम्बिनीलाई पनि भारतीय भुमी झै दर्शाउने गरी अंकित गरे पछि भट्टराईले चासो ब्यक्त गरेका हुन […]

पुरा पढ़नुश

गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लियोः विजुक्छें

भक्तपुर, १६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लिएको बताएका छन् ।   गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँं अहिले धेरै राजाहरुले लिएको उनको भनाई थियो । भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उनले ठूल्ठूला पदमा बस्नेहरु नै अपराधी भएको दोह्याए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु देशद्रोही […]

पुरा पढ़नुश

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ।  सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन्। जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ […]

पुरा पढ़नुश

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद ।

रसीद आलम,पर्सा ,१५ जेठ । ईलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी भिस्वाको सन्युक्त टोलीले भिस्वामा देवि बसबाट भारी मात्रामा लागू औषध बरामद गरेको जानकारी प्राप्त भएको छ। आज दिउँसो  ३:३० बजेको समयमा जिल्ला पर्सा छिपहरमाई गा.पा. वडा नं. ५ भिष्वा ब्रम्हस्थान नजिक खाली जग्गामा पार्किङ गरि राखेको बागमती प्रदेश ०३ ००१ ख. १८१० नम्बरको […]

पुरा पढ़नुश

१३२ केभी प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा अवरोध

काठमाडौं, १५ जेठ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।   करिब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाहरुको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रुट सार्नु पर्नेलगायतका माग राखी स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका छन् । स्थानीयको […]

पुरा पढ़नुश