कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा

काठमाडौं, २३ बैशाख । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ को अवस्था अन्त्य भएको जनाएको छ । सो घोषणाले महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख पाइलाको प्रतिनिधित्व गरेको जनाईएको छ । तीन बर्ष अघि पहिलो पटक देखा परेको भाइरसले यस शताब्दीमा नै सबैभन्दा संकटग्रस्त अवस्था बनाएकोसमेत डब्लुएचओले जनाएको छ । अधिकारीहरूले भने कि […]

पुरा पढ़नुश

ईलाका प्रहरी कार्यालय पोखरियाद्वारा ८० क्विन्टल भन्दा बढी लोड रहेको अबैध गहुँ सहित ट्रयाक्टर पक्राउ ।

रसीद आलम,पर्सा ,२२बैशाख । पोखरिया नगरपालिमा पर्ने पोखरिया बजारबाट लुकाईछिपाई लगिरहेको अवस्थामा आज बिहान ४ : ०० बजे ईलाका प्रहरी पोखरियाले अवैध गहुँसहित एउटा ट्रयाक्टर पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सो गहुँ लोड रहेको ना ३ त २२९५ नम्बरको ट्रयाक्टर नियन्त्रणमा […]

पुरा पढ़नुश

“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनजेतना मुलक कार्यक्रम बिरगंजमा सम्पन्न ।

रसीद आलम,पर्सा ,२२बैशाख । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैया- २ र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनजेतना मुलक कार्यक्रम सम्पन्न भएको छ् । सो कार्यक्रममा साईकलमा स्टिकर टाँस्ने, मोटरसाईकल चालकहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी दिने,ट्राफिक नियम उलंघन गर्नेलाई सम्झाईबुझाई छाडने तथा होटल व्यवसायिहरुलाई ग्यास तथा […]

पुरा पढ़नुश

कञ्चनपुरमा अवैध कुखुरा नष्ट

कञ्चनपुर, २२ वैशाख कञ्चनपुरमा भारतबाट अवैध रुपमा भित्र्याइएका कुखुरा नष्ट गरिएको छ । बेलौरीबाट प्रहरीले भारतीय अबैध बोइलर कुखुरा बरामद गरेर नष्ट गरेको हो । बिहीबार राती इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले वडा नम्बर ६ विद्यानगरबाट अवैध बोइलर कुखुरा बरामद गरेको थियो । बेवारिसे अवस्थामा झण्डै एक सय ३० किलोग्राम भारतीय बोइलर कुखुरा बरामद […]

पुरा पढ़नुश

आज बुद्धजयन्ती : स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड

काठमाडौं, २२ वैशाख । विश्वभर शुक्रबार २५६७औं बुद्धजयन्ती मनाइँदै छ । यसैक्रममा काठमाडौंको स्वयम्भू, बौद्धलगायतका स्थानमा बिहानैदेखि दशर्ननार्थीको भिड लागेको छ ।सो अवसरमा बिरगंजमा पनि रैली निकालिएको थियोे । सरकारले शुक्रबार बुद्धजयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

पुरा पढ़नुश

हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं,२२बैशाख  । संखुवासभामा शुक्रबार भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटना हुँदा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल र भविन्द्र गुरुङलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । पौडेललाई सिम्रिकको हेलिकोप्टरबाट र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंका ल्याइएको हो ।

पुरा पढ़नुश

बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन, मन्त्री मोदीको राजीनामा माग

  बारा, २२ वैशाख । बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतका नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका हुन् । सयौंको संख्यामा रहेका स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्लामा आगो लगाउँदै नाराबाजी गर्न थालेपछि  नेपाल […]

पुरा पढ़नुश

बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं, २२ वैशाख । जिल्ला प्रहरी कार्याल महोत्तरीका लेखापाल विनोद विष्ट  दुईलाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । बानेश्वरको एक रेष्टुरेन्टबाट उनलाई घुस रकम र चेकसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका अनुसार उनको साथबाट घुसबापत सेवाग्राहीसँग लिएको ५० हजार नगद र एक लाख रुपैयाँको चेक बरामद गरिएको छ । भवन […]

पुरा पढ़नुश

बिरगंजमा नक्कली नोट, स्कार्पियो सहित दुई जना मानिसहरु पक्राउ ।

रसीद आलम,पर्सा ,२२ बैशाख । बिरगंजमा नक्कली नोट, स्कार्पियो सहित दुई जना ब्यक्तिहरुलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। बिशेष सुचनाको आधारमा बैशाख २० गते बेलुकी  ४:३० बजेको समयमा  बीरगञ्ज महानगरपालिका वडा नं. १६ चालिसफिटे स्थित सडकखण्डमा  मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त बिशेष प्रहरी टोलिले BR 01 PG […]

पुरा पढ़नुश

विश्व हिन्दु महासंघमा लफडा, महाधिवेशन गराउन अर्याल समुहकाेअपिल

काठमाडौं, २२ वैशाख । विश्व हिन्दु महासंघको निर्वाचन महाधिवेशन गर्ने वातावरण बनाउन अपिल गरिएको छ  ।   महासंघका निवर्तमान अध्यक्ष चकबन्धु अर्यालसहितले काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघको निर्वाचन महाधिवेशन गरेर नेतृत्व चयन गर्ने वातावरण बनाउन अपिल गरेका हुन् । १० औं महाधिवेशनको स्थगित निर्वाचनलाई पूर्णता दिई अध्यक्षको चयन गरेर अघि बढ्नुको विकल्प रहेको भन्दै उनीहरुले […]

पुरा पढ़नुश