बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै

काठमाडौं, ४ वैशाख । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो । बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने  र संसदमा विधेयक अगाडि बढाउन […]

पुरा पढ़नुश

रवि लामिछानेको चालक तीन तलाको घरबाट खसेको अवस्थामा फेला

चितवन, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेल परेका छन् । उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । थापाको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको […]

पुरा पढ़नुश

बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने

काठमाडौं, ३ वैशाख सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य […]

पुरा पढ़नुश

काठमाडौं विश्वकै धेरै वायु प्रदूषण भएको शहर

काठमाडौं, ३ वैशाख । विश्वकै वायु प्रदूषण धेरै भएको शहरको सूचीमा काठमाडौं परेको छ । आइतबार  वायु प्रदुषण धेरै भएका विश्वका शहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो । विश्वभरका शहरको वायु प्रदुषणको मात्रा नाप्दै आएको आईक्युएयरले आइतबार सार्वजनिक गरेको सूचीमा काठमाडौं सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरको पहिलो नम्बरमा परेको हो । आईक्युएयरका अनुसार […]

पुरा पढ़नुश

बालकोटमै दुई जना ढलमा पुरिए

काठमाडौं, ३ वैशाख भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन् । ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उनीहरूको उद्धारकार्य जारी रहेको छ पहिचान हुन नसकेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । उद्धार गरेर उनीहरूलाई अस्पताल पठाउने कार्य भैरहेको तथा ढलमा कसरी पुरिए बन्ने खुल्न नसकेको उनको भनाइ छ।

पुरा पढ़नुश

सचिन तेन्दुलकरका छोरा अर्जुनको आईपीएलमा डेब्यू

मुम्बई, ३ वैशाख । इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ मा भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुनले डेब्यू गरेका छन् । उनले मुम्बई इन्डियन्सबाट कोलकाता नाइट राइडर्सबाट आईपीएलमा डेब्यू गरेका हुन् । उनले गतवर्ष भारतको सर्वाधिक लोकप्रिय घरेलु प्रयितोगिता रणजी ट्रफीमा डेब्यू खेलमै शतक हानेका थिए । अर्जुनले भारतीय यू–१९ टोलीबाट पनि खेलि सकेका छन् । उनी […]

पुरा पढ़नुश

मन्त्रिपरिषद् विस्तार: एनपी साउदले परराष्ट्रमन्त्री र नन्दा चपाईंले यातायात राज्यमन्त्रीको शपथ ग्रहण

काठमाडौं, ३ वैशाख । नेपाल सरकार मन्त्रिपरिषद् आइतबार विस्तार गरिएको छ । नेपाली कांग्रेसका एनपी साउदले परराष्ट्र मन्त्री र नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको शपथ खुवाइएर मन्त्रिपरिषद् विस्तार गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई परराष्ट्र मन्त्रालयको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । साथै राष्ट्रपति पौडेलको […]

पुरा पढ़नुश

नेपालमा थप ९९ जनामा कोरोना संक्रमण, ४ जना भेन्टिलेटरमा

काठमाडौं, ३ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   ३३६ पीसीआर परीक्षण गर्दा ५० जनामा र एक हजार २४० एन्टिजेन परीक्षण गर्दा […]

पुरा पढ़नुश

संसदमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना वाचन

काठमाडौं, ३ चैत । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना वाचन गरिएको छ ।   आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमालेका सांसद रघुजी पन्तले व्यंग्यको रुपमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना वाचन गरेका हुन् ।  संसदमा बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएपछि सांसद पन्तले व्यंग्य गर्दै प्रधानमन्त्री हराएको सूचना वाचन गरेका हुन् ।   बैठकमा प्रधानमन्त्री […]

पुरा पढ़नुश

बैतडीमा युवकको हत्या

धनगढी, ३ वैशाख बैतडीमा एक युवकको हत्या गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको  धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो। बैतडी प्रहरीका अनुसार शनिवार राति ८ बजे उनी हत्या गरिएको अवस्थामा फेला परेका थिए। जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको हो। उनका हत्यारा फरार भएका छन्। घटनाबारे अनुसन्धान […]

पुरा पढ़नुश