मन्त्रिपरिषद् विस्तार: एनपी साउदले परराष्ट्रमन्त्री र नन्दा चपाईंले यातायात राज्यमन्त्रीको शपथ ग्रहण

राजनीति समाचार

काठमाडौं, ३ वैशाख । नेपाल सरकार मन्त्रिपरिषद् आइतबार विस्तार गरिएको छ । नेपाली कांग्रेसका एनपी साउदले परराष्ट्र मन्त्री र नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको शपथ खुवाइएर मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई परराष्ट्र मन्त्रालयको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।


साथै राष्ट्रपति पौडेलको प्रधानमन्त्री प्रचण्डले चपाईंलाई राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरुलाई शपथ ग्रहण गराइएको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *