बालिका बलात्कार आराेपमा एक युवक पक्राउ

मोरङ, ५ फागुन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा विराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय आर्यन भन्ने महमद अहमद खानलाई प्रहरीले पक्राउ गरेको छ । खानले ती बालिकालाई फागुन २ गते राति सुन्दरहरैचा नगरपालिका-३ स्थित चौरीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस […]

पुरा पढ़नुश

बारामा स्रोत नखुलेको १ लाख भारतीय रुपैयासहित एक पक्राउ

  बारा, ५ फागुन । बाराको बिश्रामपुरबाट एक लाख भारतीय रुपैयासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवार रहेका छन् । भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय एक […]

पुरा पढ़नुश

राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री

काठमाडाैं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् ।   राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन ।   जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा टोलीले प्रधानमन्त्रीलाई भेटी राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र पेश गरेको थियो। भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो […]

पुरा पढ़नुश

नदी प्रदूषण गर्ने उद्योगलाई कारबाही गर्ने:वीरगन्ज महानगर।

बिरगंज , ५ फागुन । सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले नदी प्रदुषण गर्ने वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगलाई कारबाही गर्ने निर्णय गरेको छ । वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको समितिको बैठकले पानी प्रशोधन नगरी उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा फाल्दै आएका उद्योगलाई कारबाही गर्ने निर्णय गरेको हो । समितिले यसअघि पटक पटक अनुगमन […]

पुरा पढ़नुश

कृषि विकास बैंकको सीईओको लागि ५ जनाको नाम सर्ट लिष्टिङमा

काठमाडौं, ५ फागुन। कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा पाँच जना लिष्टिङमा परेका छन् । उक्त पदमा २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए। जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेको बैंकले जनाएको छ । बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरुको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्याङ्कन गरी […]

पुरा पढ़नुश

प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ

  काठमाडौं, ४ फागुन प्रतिबन्धित भारतीय रुपैयाँ दुई हजारको नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रुपैयाँ सहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । एअर […]

पुरा पढ़नुश

खानेपानी मन्त्रालयद्वारा टोल फ्रि नम्बर सार्वजनिक

  काठमाडौं, ४ फागुन खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन् । तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल फ्रि नम्बरमा आज मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको […]

पुरा पढ़नुश

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

  काठमाडौं, ४ फागुन भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो । जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो । यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल […]

पुरा पढ़नुश

नक्कली सुन देखाइ ठगी गर्ने ४ जना पक्राउ :पर्सा प्रहरी ।

रसीद आलम ।बिरगंज ,फागुन ४।पर्सा प्रहरीले नक्कली सुन सहित चार जना ठगी गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित हिमालयन होटल अगाडी सडकखण्डमा बि आर ३१पि ०६४९ भारतीय नम्बरको सेतो स्कारपियो गाडीमा बसी ३/४ जना अपरिचित व्यक्तिहरूले सर्वसाधारण मानिसहरूलाई  नक्कली सुन  देखाइ भ्रममा पारी ठगी गर्ने नियतले बिना बिलको विक्री गर्न […]

पुरा पढ़नुश

पर्सामा प्रतिबन्धित लागु औषध सहित चार जना पक्राउ ।

रसीद आलम।बिरगंज ,फागुन ४ बिहीबार ।जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागु औषध सहित चार जना ब्यक्तिलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित रहेको डाँफे होटलमा तिन/चार जना संकित व्यक्तिहरू बसिरहेको भन्ने सूचना प्राप्त भई प्रहरी चौकी बसपार्कबाट गएको प्रहरी टोलीले चेक जाँच गर्दा प्लाष्टिक झोलामा लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध […]

पुरा पढ़नुश