बालिका बलात्कार आराेपमा एक युवक पक्राउ

समाचार

मोरङ, ५ फागुन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा विराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय आर्यन भन्ने महमद अहमद खानलाई प्रहरीले पक्राउ गरेको छ ।

खानले ती बालिकालाई फागुन २ गते राति सुन्दरहरैचा नगरपालिका-३ स्थित चौरीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *