राप्रपाबाट तीन मन्त्रीको टुंगो लाग्यो, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री।

काठमाडौं, ३ माघ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ । मंगलबार बिस्तार हुने मन्त्रिपरिषदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन् । राप्रपाले तीन मन्त्रालय पाएको छ । राप्रपाबाट लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र ध्रुबहादुर प्रधान मन्त्री बन्न लागेका हुन् । राप्रपाका एक नेताका अनुसार पाण्डे सहरी विकास […]

पुरा पढ़नुश

अमेरिकाका २० भन्दा बढी राज्यमा टिकटक प्रतिबन्ध।

एजेन्सी वाशिंगटन, ३ माघ केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरूमा सामेल हुँदै छ । राज्यका कर्मचारीहरूलाई ‘कानून प्रवर्तन उद्देश्यको लागि बाहेक’ चिनियाँ–स्वामित्वको एप सरकारी डिभाइसमा प्रयोग गर्न  रोक्नको लागि आफ्नो कर्मचारी पुस्तिका अद्यावधिक गरेको छ । बिहीबार विस्कन्सिन र उत्तरी क्यारोलिनाका गभर्नरहरूले […]

पुरा पढ़नुश

गृहमन्त्रीको निर्देशनसँगै धमाधम नियन्त्रणमा आउँदै अवैध मासुजन्य बस्तु।

  काठमाडौ , ३ माघ अवैध रुपमा कुखुरा, चल्ला र मासुजन्य वस्तुको आयातमा थप कडाई गर्न गृहमन्त्रालयले निर्देशन गरेसँगै रूपन्देहीका सिमाबाट अवैध रुपमा धमाधम ती वस्तु पक्राउ परिरहेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै यसै साता मात्रै अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु […]

पुरा पढ़नुश

वालुवाटारमा सत्ता साझेदारको बैठक , मन्त्रीहरुको सपथ भोली।

काठमाडौं, २ माघ मन्त्रिमण्डल विस्तार तथा भागबन्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृह मन्त्री रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत […]

पुरा पढ़नुश

विमान दुर्घटना परी ज्यान गुमाउनेको नाममा महोत्तरीमा दीप प्रज्वलन।

  महोत्तरी, २ माघ विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको नाममा महोत्तरीको बर्दिबासमा दीप प्रज्वलन गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक सेती खोचमा दुर्घटनामा परी ज्यान गुमाउने ६८ जना मृतकहरुको नाममा ६८ वटै दीप प्रज्वलन गरिएको हो । बर्दिबास उधोग वाणिज्य संघले आयोजना गरेको दीप प्रज्वलनमा दिवंगत आत्माको चिरसान्तीको कामना गर्दै गहिरो दु:ख ब्यक्त गरिएको छ […]

पुरा पढ़नुश

साढे १३ लाखको अवैध खसीबोका नियन्त्रणमा

बुटवल, २ माघ इलाका प्रहरी कार्यालय बर्दघाटले ९० वटा अवैध खसीबोका नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षक लक्ष्मण रास्कोटीको कमान्डमा खटिएको प्रहरी टोलीले अवैध खसीबोका नियन्त्रणमा लिएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा१ख २९१६ नम्बरको ट्रक रोकी चेकजाँच गर्दा बिनाकागजपत्र ल्याउँदै गरेको अवस्थामा जिल्ला नवलपरासी बर्दघाट नगरपालिका–६ टिसिएन चोकमा चेकजाँच गर्दा खसीबोकासम्बन्धी कुनै […]

पुरा पढ़नुश

पीडितको पक्षमा उभिन डीआईजीहरूलाई गृहमन्त्रीको निर्देशन।

काठमाडौँ, २ माघ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधिकारीहरूलाई सधैँ पीडितको पक्षमा उभिन निर्देशन दिएका छन् । प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न मन्त्री लामिछानेले सोमबार निर्देशन दिएका हुन् । साथै, प्रहरी संगठन र आफू […]

पुरा पढ़नुश

गृहमन्त्रीको निर्देशनपछि पनि पक्राउ पर्न सकेनन् फरार सांसद

  महोत्तरी, २ माघ गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरी अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् । जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भैइसकेका महोत्तरीका संघीय सांसद कोइरी अहिले निर्वाधरुपमा नियमित काम गरिरहेका छन् । संसद महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडी हिड्डुल गरेर चुनौती दिइरहेका छन् । सपथग्रहणदेखि प्रधानमन्त्री […]

पुरा पढ़नुश

ट्रान्सपोर्टबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएका सामानहरु बिर्ता प्रहरीद्वारा जब्त।

रसीद आलम ।बिरगंज ,माघ २।बिरगंज .म.न.पा. १० आदर्शनगरस्थित श्री पाथिभरा ट्रान्सपोर्टबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएका सामानहरुलाई प्रहरीले पक्राउ गरेको छ। उक्त ट्रान्सपोर्टका संचालक राजेश मल्लिक रहेका छन । राती १बजेको समयमा विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय विर्ताको प्र.नि. बिशाल मल्लको नेतृत्वमा खटिएका विशेष प्रहरी टोलीले उक्त ट्रान्सपोर्टको गोदाममा चेकजांच गरि हेर्दा विलविजकबिनाका […]

पुरा पढ़नुश

प्रधानमन्त्री र ओली बिच भेटवार्ता, मन्त्रिपरिषद विस्तार चाँडै गरिने।

काठमाडौं, २ माघ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । वालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ । प्रधानमन्त्री निर्वाचित भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद विस्तार तथा अन्य निकायको बाँडफाँड अझै टुंगो […]

पुरा पढ़नुश