ट्रान्सपोर्टबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएका सामानहरु बिर्ता प्रहरीद्वारा जब्त।

समाचार

रसीद आलम ।बिरगंज ,माघ २।बिरगंज .म.न.पा. १० आदर्शनगरस्थित श्री पाथिभरा ट्रान्सपोर्टबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएका सामानहरुलाई प्रहरीले पक्राउ गरेको छ।
उक्त ट्रान्सपोर्टका संचालक राजेश मल्लिक रहेका छन ।
राती १बजेको समयमा विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय विर्ताको प्र.नि. बिशाल मल्लको नेतृत्वमा खटिएका विशेष प्रहरी टोलीले उक्त ट्रान्सपोर्टको गोदाममा चेकजांच गरि हेर्दा विलविजकबिनाका कपडाको पोका  तथा अन्य शंकास्पद बिलबिजक भएका हार्डवेयर तथा लत्ताकपडा तथा चकलेटका सामानहरु फेला परेको वडा प्रहरी कार्यालय विर्ताका प्र.नि.बिशाल मल्लले जानकारी गराएका छन ।

उक्त ट्रान्सपोर्ट सिल गरिएको  तथा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *