निर्मला कुर्मीको न्यायका लागि धर्नारत अधिकारकर्मीहरूलाई भेटे गृहमन्त्री रवि लामिछाने।

पुस ३०।काठमान्डौ,नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गरेका छन् । भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे । यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरिन्तर लागिरहेको उनले बताए । निर्माला कुर्मीको […]

पुरा पढ़नुश

अभूतपूर्व विश्वासको मतले उर्जा र गौरवबोध भएको छ :प्रधानमन्त्री

काठमाडौं, ३० पुस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६पुसमा बसेको प्रतिनिधिसभा बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन् । कम्युनिस्ट आन्दोलनका पूराना नेता, माओवादीको जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकर्पण गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा […]

पुरा पढ़नुश

अन्तरजातीय विवाह गर्नेलाई रू १ लाख दिने।

सुर्खेत, ३० पुस । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहन स्वरुप रु १ लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगर सभाले जातियविभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरुले अन्तजातीय विवाह गरेमा उनीहरुलाई प्रोत्साहनस्वरुप एक लाख रकम उपलब्ध गराउने भएको हो । नगरपालिकाले दलितको हक अधिकारका लागि दलित नीति […]

पुरा पढ़नुश

राष्ट्रिय जनता दलका नेता यादवको निधन।

पुस -३०।नयाँदिल्ली-राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद् यादवको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका पूर्व केन्द्रीयमन्त्री यादवको दिल्लीको गुरुग्रामस्थित फोर्टिस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी ७५ वर्षका थिए । यादव लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित थिए । दिवंगत यादवको पार्थिव शरीरलाई मध्यप्रदेशस्थित उनको जन्म गाउँमा अन्तिम संस्कार गरिने भएको छ […]

पुरा पढ़नुश

बिदेशमा लगानी गरे कारवाही हुन्छ : राष्ट्र बैंक।

न्युज कारखाना काठमाडौं, २९ पुस नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै क्षेत्रमा लगानी गरे कारबाही हुने चेतावनी दिएको छ । राष्ट्र बैंकले एक बिज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐन २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराएको छ । राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैले विदेशमा कुनै पनि तरिकाले […]

पुरा पढ़नुश

माघीको अवसरमा लुम्बिनी प्रदेशले दियो दुई दिन सार्वजनिक बिदा।

  बुटवल, २९ पुस लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ । प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ […]

पुरा पढ़नुश

२० लाख धरौटी बुझाएर जेलबाट छुटे सन्दीप, मुद्दाकाे अर्को पेसी ९ माघमा।

काठमाडौं, २९ पुस बालिका जबर्जस्तीकरणी मुद्दामा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर काठमाडाै‌ जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने रिहा भएका हुन् । बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सुनाएको थियो । लामिछानेको शुक्रबार नै स्वास्थ्य अवस्था […]

पुरा पढ़नुश

चितवनमा ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो भव्य।

चितवन, २९ पुस शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो भव्य रुपमा सम्पन्न भएको छ। सिजी ल्यान्डमार्कको चितवन सिनेप्लेक्समा भएको प्रिमियर शोमा चर्चित नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह, नायक पुष्प खड्का, चर्चित कलाकार सन्दीप क्षेत्री र निर्माता तथा निर्देशक रमेश एमके पौडेलको सहभागिता थियो । रिलिजको पूर्वसन्ध्यामा राखिएको प्रिमियर शोलाई दर्शकहरुले पूर्ण रुपमा […]

पुरा पढ़नुश

श्रीलंकाविरुद्ध एकदिवसीय शृंखलामा भारतको दमदार जित।

बिरगंज , २९ पुस। भारतले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । बिहीबार राति भारतले कोलकातास्थित इडेन गार्डेनमा सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ४ विकेटले हराएको छ । यस जितसँगै भारतले तीन खेलको श्रृंखलामा २–०को अग्रता लिएको हो । पहिलो खेलमा भारत ६७ रनले विजयी भएको थियो । श्रृंखलाको […]

पुरा पढ़नुश

गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द।

सिराहा, २९ पुस गृह मन्त्रालयको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेको क्रसरहरू बन्द गराइको छ । गत २० पुसमा गृह मन्त्रालयले  जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न गरिएको परिपत्रअनुसार जिल्लामा वर्षौदेखि नविकरण तथा मापदण्डविपरित सञ्चालनमा रहेको अवैध क्रसर बन्द गराइएको हो । मन्त्रालयको परिपत्रको पालना गर्दै नियमविपरीत अवैध रुपमा सञ्चालनमा रहेका क्रसर बन्द गरिएको […]

पुरा पढ़नुश