जिससका प्रमुख र उपप्रमुख भन्छन्ः ‘राष्ट्रिय सभाको सांसदलाई भोट हाल्ने अधिकार चाहियो’।

पोखरा, २४ पुस जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुले राष्ट्रिय सभाको सांसद निर्वाचनमा मतदानको अधिकार मागेका छन् । पोखरामा भएको राष्ट्रिय भेलाको घोषणापत्र सार्वजनिक गर्दै उनीहरुले मतदानको अधिकार मागेका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मात्रै मतदान गर्दै आएका छन् । जिससले मतदानको अधिकार पाएको छैन । […]

पुरा पढ़नुश

तराईको मौसममा अझै सुधार भएन।

काठमाडौं, २४ पुस डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ । जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ । पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक रुपमा सुधार […]

पुरा पढ़नुश

आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने।

बिरगंज , २४ पुस। अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा आज श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको हो । वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रुपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले […]

पुरा पढ़नुश

बलात्कार प्रयासकाे आराेपमा दुई जना पक्राउ।

बुटवल, २३ पुस सुस्त मनस्थितिकी २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेकाे आराेपमा प्रहरीले ३० वर्षीय पुरुषलाई रुपन्देहीबाट पक्राउ गरेकाे छ । उनीलाई रुपन्देहीको कञ्चन गाउँपालिकास्थित महिलाकाे घरमा कोही नभएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेकाे आराेपमा पक्राउ गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यही २१ पुस साँझको समयमा शारीरिक रुपमा अपांगता भएकी महिलालाई जबर्जस्ती शौचालयमा लगि कञ्चन गाउँपालिका-३ […]

पुरा पढ़नुश

यो सरकारसँग छिमेकीहरू डराउनु पर्दैन, चलखेल बन्द गर्नुहोस् : ओली।

काठमाडौं, २३ पुस एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नेतृत्वको नयाँ सरकार गठन भएकोमा छिमेकी देश भारत सन्तुष्ट नभएकोतर्फ इंकित गर्दै टिप्पणी गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित कार्यक्रममा उनले अहिले पनि यो सरकार फेरफार गर्नुपर्छ, यसरी सरकार बनाउन कहाँ पाइन्छ भनेर सरकार ढाल्न लागिरहेको आरोप लगाए । उनले छिमेकीहरूबाट यस्तो क्रियाकलापको […]

पुरा पढ़नुश

यी हुन् आज बसेकाे कांग्रेस संसदीय दलको बैठकले गरेको निर्णयहरू।

काठमाडौं, २३ पुस आगामी २६ पुस बिहान पुनः बस्ने गरी कंग्रेस संसदीय दलको बैठक सकिएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सबै तहका नेता कार्यकर्ता र आमजनतालाई धन्यवाद दिएको छ । कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकल निम्न बमोजिमका अन्य प्रस्तावमा […]

पुरा पढ़नुश

साझाको बिजुली बस उद्घाटन गर्न राष्ट्रपति भण्डारी पाटनमा।

पुस २३,काठमाडौ ।साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन् । सो क्रममा उनले साझा बसमा चढेकी पनि थिइन । साझाले यी बस काठमाडाैंकाे  विभिन्न रुटमा चलाउने जनाएकाे छ । तुलनात्मक रुपमा यस्ता बस सञ्चालन गर्न निकै […]

पुरा पढ़नुश

पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने नगरको तयारी।

  खोटाङ, २३ पुस पाठेघर खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले घर–घरमा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको छ । पाठे घर खस्ने समस्याका कारण दर्दनाक दिनचर्य विताइरहेका महिलाको पहिचान गर्दै उपचारका लागि नगरपालिकाले घर–घरमा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको हो । पाठेघरको समस्या भएका कतिपय महिला लाज मानेर स्वास्थ्य संस्था वा स्वास्थ्य शिबिरसम्म जान हिच्किचाउने […]

पुरा पढ़नुश

डोल्पामा अब सीधा यातायात सेवा सुचारु ।

सुर्खेत, २३ पुस भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी रुपमा पुल बनाएपछि डोल्पामा सीधा यातायात सेवा सञ्चालन भएको छ । मजदुरले ज्याला नपाएको भन्दै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएकोमा समस्या समाधान भएपछि आजबाट डोल्पा सीधा यातायात सेवा सञ्चालन भएको हाे । देशका विभिन्न ठाउँबाट अब डोल्पा सीधा जान सकिने भएको छ […]

पुरा पढ़नुश

राजश्व संकलन घटेपछि भैरहवा सीमामा सशस्त्रको सक्रियता बढ्यो।

रसीद आलम। भैरहवा, २३ पुस भैरहवा भन्सार कार्यालयमा राजश्व संकलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नााकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १२ महिनादेखि निरन्तर राजश्व संकलन लक्ष्यअनुरुप गर्न नसकेर घाटामा गइरहेकाे छ । मुलुकका लागि ठूलो योगदान गर्ने यो नाकाबाट नै राजश्व संकलन घटेसँगै सीमा सुरक्षा र अवैध […]

पुरा पढ़नुश