सप्तरी २ मा सिके राउत उपेन्द्र यादव भन्दा ३ हजार ७१ मतले अगाडि

सप्तरी, मंसिर ६ सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता कायमै राखेका छन् । डा. राउतले ५ हजार ७ सय १८ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २ हजार ६ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर १ हजार २ […]

पुरा पढ़नुश

झापा ५ मा ओलीको फराकिलो अग्रता

झापा, ५ मंसिर झापा क्षेत्र न. ५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक मत गणनामा फराकिलो अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको ६२१५ मत गणना हुँदा ओलीले ३२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गरेका छन् ।

पुरा पढ़नुश

मतदान स्थगित भएका केन्द्रमा दुई दिन भित्र फेरि निर्वाचन हुने

काठमाडौं, मंसिर -५ आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा कतिपय मतदान स्थगित भएका क्षेत्रमा दुई दिनभित्र फेरि चुनाव हुने भएको छ । स्थगित वा मतदान केन्द्रमा दुई दिनभित्र पुनः मतदान गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको निर्वाचन आयोगले बताएको छ । आयोगले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका विभिन्न १५ स्थानमा मतदान […]

पुरा पढ़नुश

नेपाली कांग्रेस बाराका अमिरीलाल राउत(पाल)सहित ३ जना पार्टीबाट निलम्बीत ।

मधेस प्रदेश बारा , ४ मंसिर । नेपाली कांग्रेसले बाराका ३ जनालाई पार्टीबाट निलम्बन गरेको छ । बाराको क्षेत्र नम्बर ४ बाट बाम गठबन्धनका आधिकारिक  उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (किसान श्रेष्ठ) विरुद्ध प्रचारप्रसारमा संलग्न भएका भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले ३ जनालाई निलम्बन गरेको हो । नेपाली कांग्रेस बाराका उपसभापति अमिरीलाल राउत (पाल ), […]

पुरा पढ़नुश

बारामा ६६.८७ प्रतिशत मत खस्यो

मधेस प्रदेश ,बारा, मंसिर ४ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत बारामा ६६.८७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाराले बताएको छ । जिल्लाभर ४ लाख ३३ हजार ५ सय ४ जना मतदाता थिए जसमध्य २ लाख ८९ हजार ८ सय ४१ मत मतदान गरिएको हो । बारामा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । बारामा ३ सय […]

पुरा पढ़नुश

बाजुराको त्रिवेणीमा गोली चल्यो : तीन जना घाइते, एकको अवस्था गम्भीर

बाजुरा, ४ मंसिर बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई […]

पुरा पढ़नुश

निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल

काठमाडौं, ४ मंसिर प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आव्हान गरेका छन् । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । ‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन संचालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान […]

पुरा पढ़नुश

मदिरा सेवन गरेको अभियोगमा मतदान अधिकृत बर्खास्त

कपिलवस्तु, ३ मंसिर नैतिक आचरण विपरीत मदिरा सेवन गरेको आरोपमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । जिल्लाको क्षेत्र नम्बर ३ (२) को कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर ‘ख’ केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको हो । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन निर्देशिका ०७९ को ८३ (१) अनुसार उनलाई जिम्मेवारीबाट हटाएर […]

पुरा पढ़नुश

मौन अवधिमा प्रचार गरेको भन्दै पर्साबाट दुई जना पक्राउ

वीरगञ्ज, ३ मंसिर मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् । पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ […]

पुरा पढ़नुश

११ लाख भन्दा बढी ठगी गर्ने पक्राउ: प्रहरी ।

मंसिर ३ काठमाडौं, बेलायत पठाइदिन्छु भनि नगद ११ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं मैतिदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका-२ ठेगाना भएका ३३ वर्षीय तिलक बहादुर बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका संचालक समेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायत लगायतका देशमा भिषा उपलब्ध गराउने भन्दै प्रलोभन देखाई पटक […]

पुरा पढ़नुश