आजवाट सरकारी वकिलले खाँणसँग बिषय केन्द्रित बयान लिने

काठमाडौं, २८ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको आजवाट बयान सुरु हुने भएको छ ।   सरकारी वकिलले आजवाट पुर्व मन्त्री खाँण पक्राउको बिषयमा केन्द्रित भएर आज बयान लिन सुरु गर्ने भएको हो ।   ‘हिजो प्रहरीले किन पक्राउ गरेको हो ? अदालत किन जानु भएको हो ? अदालतले […]

पुरा पढ़नुश

आरजु राणा देउवा पुगिन् प्रहरीको साइबर ब्युरो

काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसकी नेतृ डा. आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिनको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् ।   आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नोसमेत नाम जोडी कुराकानी गरिएको अडियो फेक रहेको दाबी गर्दै उनले उक्त […]

पुरा पढ़नुश

कांग्रेसका नेतासँग गृहमन्त्री श्रेष्ठले भने- भ्रष्टाचारको नेक्सस् नतोडेसम्म राष्ट्र बन्दैन

काठमाडौं, २७ वैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने बताएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको कार्यप्रति ऐक्यबद्धता जनाउन आएका कांग्रेसका युवा नेतासँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाएका हुन् ।   रन्जित कर्ण, गुरुराज […]

पुरा पढ़नुश

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगियो

काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ ।   प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो ।   नागरिकलाई नक्कली भुटानी शरणार्थी […]

पुरा पढ़नुश

मेरो भारत भ्रमणमा विद्युत् निर्यातबारेमा सम्झौता हुनेछ: प्रधानमन्त्री

काभ्रे, २६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् ।   काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन । प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना […]

पुरा पढ़नुश

प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता सशंकित, प्रेम सुवालले सोधे- फिल्म देखाउन हो ?’

काठमाडौं, २६ वैशाख । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका दोषी जोगाउन प्रमुख तीन दलका शीर्षनेता लागेको भन्दै सांसदहरुले आशंका व्यक्त गर्न थालेका छन् ।   जसअनुसार मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा यस प्रकरणबारे बोलेका अधिकांश सांसदहरुले दोषी जोगाउने कार्य नहोस् भन्दै सरकारको ध्यानाकयर्षण गराए ।   ठाकुर गैरे, तेजुलाल चौधरी, डा तोसिमा कार्की, देवेन्द्र […]

पुरा पढ़नुश

भरतपुर महानगरले केही दिनमा मापदण्ड विपरितका संरचना भत्काउने

चितवन, २६  वैशाख  । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मापदण्ड विपरितका संरचना भत्काइने काम छिटोभन्दा छिटो अघि बढाइने बताएकी छन् ।   भरतपुर भवन निर्माण व्यवसायी समितिको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरलाई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यसहित मापदण्ड विपरितका अवैध संरचना हटाउने काम केही दिनमा सुरु गरिने बताइन् ।   प्रमुख […]

पुरा पढ़नुश

संसद बैठकमै अमरेशकुमार सिंहले लुगा फुकाले,सांसद् सिंहको स्वास्थ्य परीक्षण गर्न माग

काठमाडौं, २५ वैशाख । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद बैठकमा लुगा फुकालेका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले बोल्न समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले बोल्न समय दिएनन् । यसपछि आफूले लगाएको लुगा फुकालेर विरोध जनाए । यसपछि सभामुख घिमिरेले बारम्बार उनलाई चेतावनी दिँदै सभ्य बन्न आग्रह गरे । सभामुख घिमिरेले असभ्य बोल्न […]

पुरा पढ़नुश

भारतीय राष्ट्रपतिको सम्बोधनमा बत्ति गएको बिषय बन्यो राजनीतिक मुद्धा

नयाँ दिल्ली, २४ बैशाख । ओडिशाको बारीपाडास्थित महाराजा श्री रामचन्द्र भाञ्जदेव विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहमा शनिबार राष्ट्रपति द्रौपदी मुर्मुको सम्बोधनका क्रममा विधुत सर्ट भएपछि राजनीतिक विवाद उत्पन्न भएको छ । राष्ट्रपति मुर्मुको भाषण सुरु भएको चार मिनेट नबित्दै विद्युत सर्ट भएर कार्यक्रम स्थलमा अँध्यारो छाएको थियो ।  मुर्मुले अन्धकारमा पनि आफ्नो भाषण जारी राखेकी थिइन […]

पुरा पढ़नुश

कांग्रेसका सुरेन्द्र आचार्य महिला बालबालिका मन्त्रालयकाे जिम्मेवारीमा, आजै सपथ

काठमाडौ, २४ बैशाख । महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले पाउने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । जसअनुसार आज अपरान्ह साढे १२ बजे उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ गराउने छन् ।   महिला बालबालिका […]

पुरा पढ़नुश