प्रधानमन्त्रीले भोलि संसदमा सम्बोधन गर्ने, आज बोलाए सर्बदलीय बैठक

काठमाडौं, १७ चैत । सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ। बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका थिए भने उनले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिए।   उनका अनुसार प्रधानमन्त्री ओलीले आज नै सर्वदलीय बैठक […]

पुरा पढ़नुश

पूर्वराजासँग दुई घन्टा ‘छलफल’पछि चैत १५ को प्रदर्शन घोषणा, दुर्गा प्रसाईं भए ‘जनकमाण्डर’!

काठमाडौं ,१५ चैत । ‘धर्म, संस्कृति तथा नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा चैत १५ गते आज काठमाडौंको तीनकुनेमा ‘नागरिक जनविद्रोह’ घोषणा गर्ने तयारी गरिएको छ। महाअभियानमा नेपालका ७७ जिल्लामध्ये ६८ जिल्लाबाट मानिसहरू काठमाडौं आएको दाबी गरिएको छ। ती जिल्लाबाट प्रतिनिधिमुलक रूपमा मानिसहरू काठमाडौं आएको र उनीहरू उक्त कार्यक्रममा सहभागी हुने महाभियानका प्रवक्ता माधव […]

पुरा पढ़नुश

आज राजावादी र समाजवादी मोर्चाको प्रदर्शन हुदैँ, ३५ सय प्रहरी परिचालन

काठमाडौं, १५ चैत । काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् ।   नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् ।   सुबेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा […]

पुरा पढ़नुश

ठाकुरराम क्याम्पस स्ववियु सभापतिमा राजकुमार यादवको प्यानल विजयी

वीरगञ्ज,१४ चैत । ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा राजकुमार यादवको प्यानल विजयी भएको छ। लामो विवाद र तनावपछि बुधबारदेखि पुनः सुरु भएको मतगणनाको अन्तिम परिणाम अनुसार, यादव नेतृत्वको समूहले निर्णायक जित हासिल गरेको हो। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट असन्तुष्ट हुँदै स्वतन्त्र नेपाल विद्यार्थी समूह बनाएर […]

पुरा पढ़नुश

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

काठमाडौं, १४ चैत । प्रमुख तीन दलका शिर्ष नेता एकै मञ्चमा उभिएका छन् ।   नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनको समुद्घाटन कार्यक्रममा तीन शिर्ष नेता एकै मञ्चमा उभिएका हुन् ।   एभरेष्ट होटल, नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली ,पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र […]

पुरा पढ़नुश

प्रधानमन्त्री चैत १९ गते थाईल्याण्ड जाने

काठमाडौँ, १३ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेटबार्ता भएको छ । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्याण्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।   यही चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को […]

पुरा पढ़नुश

अबको युगमा राजतन्त्र फर्किदैन, भ्रममा नपरौं: प्रधानमन्त्री

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग व्यक्तिलाई नायक मान्ने राजतन्त्रात्मक व्यवस्थामा फर्कन नसक्ने भएकाले त्यस्तो भ्रममा कोही पर्न नहुने बताएका छन्।   नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुबा’ (आत्मकथा) को आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कुनै […]

पुरा पढ़नुश

प्रचण्ड भन्छन्- कुलमानलाई हटाएर सरकारले गलत गर्‍यो

काठमाडौं, १२ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोप्रति अपत्ति जनाएका छन्।   प्रचण्डले कुलमानलाई हटाएर गलत गरेको र आपत्तिजनक विषय भएको बताएका हुन्। ‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा […]

पुरा पढ़नुश

नेपाल खानेपानी संस्थानको ‘कर्मचारी सेवा शर्त विनियमावली–२०८१’ लागू

काठमाडौं, चैत ११। नेपाल खानेपानी संस्थानले लामो समयदेखि रोकिएको ‘कर्मचारी सेवा शर्त विनियमावली–२०८१’ अन्ततः लागू गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा खानेपानी मन्त्री प्रदीप यादवले उक्त विनियमावली कार्यान्वयनका लागि संस्थानका कर्मचारीहरूलाई निर्देशन दिएका छन्। मन्त्री यादवका अनुसार नयाँ विनियमावली नेपाल सरकारको नियम, कानुन, र व्यवस्थासँग पूर्ण रूपमा मेल खाने गरी तयार पारिएको छ, जसले संस्थानका […]

पुरा पढ़नुश

विकासको गतिमा देश अगाडि बढिसकेको छः प्रधानमन्त्री

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको  ‘टुुगेदर फर टुमरोः युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्रीले भने कि समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ । […]

पुरा पढ़नुश