स्वर्णलक्ष्मी सहकारीको ठगीमा बयान लिन रवि लामिछानेलाई काठमाडौं ल्याइयो

काठमाडौं,१३ मंसिर ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पोखराबाट काठमाडौं ल्याइएको छ। उनलाई स्वर्णलक्ष्मी सहकारी संस्था कालिमाटीको रकम ठगीबारे अनुसन्धान गर्न काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो। सरकारी वकिल कार्यालयमा उपस्थित गराएपछि लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। लामिछानेलाई बिहीबार साँझ बुद्ध एयरको […]

पुरा पढ़नुश

विकल पौडेललाई ८ वर्ष कैदको फैसला, जरिवाना साढे तीन करोड

काठमाडौं,१३ मंसिर ।  विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैदको फैसला गरेको छ। बिहीबार विशेष अदालतले उनीविरूद्ध कैदसँगै तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही बराबरको बिगो तिर्ने सजाय तोकेको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारू तथा रितेन्द्र थापाको इजलासले […]

पुरा पढ़नुश

१२ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं,१३ मंसिर  । सरकारले १२ जना उपसचिवको सरुवा गरेको छ। बिहीबार गृह मन्त्रालयले उपसचिव, कारागार प्रशासक, सहायक प्रमुख जिल्ला अधिकारीलगायतको सरुवा गरेको हो।

पुरा पढ़नुश

सेवाग्राहीलाई दुःख दिने १८ जना बिचौलिया पक्राउ: पर्सा प्रहरी ।

बिरगंज ,१३ मंसिर । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित बसपार्क क्षेत्रमा यात्रुहरूलाई दुःख हैरानी दिने तथा यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गरिदिन्छु भन्दै अवैध रूपमा वार्गेनिङ गर्ने, कार्यालय परिसरमा अनधिकृत प्रवेश गरी सेवाग्राहीहरूलाई प्रलोभनमा पारी अत्याधिक शुल्क लिने र दुःख दिने कार्यमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्राप्त जनगुनासोको आधारमा […]

पुरा पढ़नुश

मुख्यमन्त्री सिंहद्वारा गढीमाई मेलाको दर्शन

बारा,१३ मंसिर  । बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरमा यही मंसिर १ गतेदेखि सुरु भएको विश्व प्रसिद्ध गढिमाई मेलाको अवलोकन तथा निरीक्षण गर्ने क्रम जारी नै छ। गढीमाई मेलाको केन्द्रदेखि प्रदेश मातहतका मन्त्री, मुख्यमन्त्री, राजनीति दलका नेतालगायतले अवलोकन तथा निरीक्षण गरिरहेको मेला मूल समितिले जनाएको छ। बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गढीमाई मेलाको अवलोकन, निरीक्षण […]

पुरा पढ़नुश

पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?

काठमाडौं, १३ मंसिर । यस ग्रहको सतह र अन्तरिक्षको बीचमा दर्जनौं माइल मात्र हावा हुन्छ।   पृथ्वीको वायुमण्डल र बाह्य अन्तरिक्ष बीचको सीमालाई ‘कर्मन रेखा’ भनिन्छ। यो ग्रहको सतहबाट लगभग ६२ माइल अर्थात १०० किलोमिटर माथि छ।   यद्यपि, वैज्ञानिकहरूका अनुसार पृथ्वीको वायुमण्डलको लगभग ९९.९९ प्रतिशत भार ४८ किमीको उचाइ भित्र रहेको छ। हावा हाम्रो […]

पुरा पढ़नुश

एउटा यस्ताे फिल्म, जसले लगानी भन्दा ६ हजार गुणा बढी कमाउन सफल भयाे

काठमाडौं, १३ मंसिर  ।  आज हामी फेरि एक पटक बक्स अफिसको संसारबाट नयाँ जानकारी लिएर उपस्थित छौं।   आज हामी बक्स अफिसमा धेरै कमाउने फिल्मको बारेमा कुरा गर्नेछौं। यसको बजेट कम थियो तर कमाई आकाश उच्च थियो। यसले ‘बाहुबली’, ‘स्त्री २’ र ‘गदर २’ जस्ता फिल्मलाई पनि ध्वस्त पारेको थियो । आउनुहोस् तपाईलाई बताउनुहोस् कसरी […]

पुरा पढ़नुश

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं ,१३ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुरुप आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको होर ‘मौन अवधिमा कुनै उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत […]

पुरा पढ़नुश

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते

काठमाडौं,१३ मंसिर  । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्। भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको हो। ज्यान गुमाउनेमा ४१ […]

पुरा पढ़नुश

बारा प्रहरीले अपराधको संजाल तोडदै,गोली हानी हत्या गरि फरार रहेका मुख्य अभियुक्त पक्राउ ।

बारा, १३ मंसिर । जिल्ला बारा, कलैया स्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गर्ने घटनाका मुख्य अभियुक्त सुरेन्द्र प्रसाद कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८१ जेठ ३२ गते साँझ ५:१५ बजे बारा आदर्श कोतवाल गाउँपालिका-२, खजुरियाबाट कलैया बजारतर्फ आउँदै गर्दा हरिभुषण कुशवाहामाथि गोली प्रहार गरी […]

पुरा पढ़नुश