क्लासिक टेकले ल्यायो ‘बडा फेस्टिबल’ अफर

सूचनाप्रविधि
काठमाण्डाै – नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरूको महान् चाड दशैँको मौका पारेर फेस्टिबल अफर ल्याएको छ । यो अफर निम्न वर्गलाई लक्षित गरेर ल्याइएकाे कम्पनीले जनाएकाे छ ।

अब एक सय एमबीपीएस इन्टरनेट प्याकेजको मासिक सात सय ४१ रुपैयाँ र आईपीटीभीकाे मासिक एक सय ५० रुपैयाँमात्र पर्नेछ । यस्तै ग्राहकले बजारकाे भन्दा ५० प्रतिशत कम मूल्यमा स्मार्ट टीभीसहितकाे बन्डल अफर पाउने कम्पनीले जनाएकाे छ । यसका साथै एचडीएमआई, वाइफाई/इथरनेट, यूएसबीका लागि तीन वटा पाेर्ट, स्पिकर, टेबल स्ट्यान्ड र वाल माउन्ट पनि पाइने छ ।

बुकिङ सुरु भइरहेकाे हुनाले सम्पर्क गर्न कम्पनीले आग्रह गरेकाे छ । यसबारेमा विस्तृतमा बुझ्न classic.com.np मा जान सकिनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *