नेपाल प्रहरीका २३ जना एसपीहरु ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतको सरुवा भएको छ। बस्नेतको ठाउँमा पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न कोमल शाह आउने भएका छन्।
प्रहरी प्रधान कार्यालयले सोमबार २३ जना प्रहरी उपरीक्षकहरूको काज सरुवा गरेकोमा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका हुन् ।
काज सरुवामार्फत कोमल शाह पर्सा,दुर्गाराज रेग्मी झापा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुलीका प्रहरी प्रमुख बनेका छन्।
त्यस्तै सन्तोष सिंह राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देबेन्द्रबहादुर पाल कैलाली पठाइएका छन् ।