कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

राजनीति समाचार

काठमाडौं, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

 बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म भएको निर्वाचनमा दलको नेतामा प्रधानमन्त्रीसमेत रहेका देउवा निर्वाचित भएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *