पत्रकार झालाई धम्की दिने व्यक्तिलाई कारबाहीको माँग गर्दै प्रहरीमा उजुरी

विचार
सप्तरी, २१ मंसिर
राजविराज नगरपालिकामा दैनिक ज्यालादारी कर्मचारी न्युक्ति विषयमा समाचार लेखेकै कारण नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका सप्तरी सम्वाददाता अवधेश कुमार झालाई सामाजिक सञ्जालमार्फत धम्की दिइएको छ ।
धम्की दिने व्यक्तिलाई कारबाहीको मागका लागि प्रहरीमा नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार उजुरी दिएको छ । महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा गएको पत्रकारको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको हो ।
पत्रकार झालाई समाचार लेखेकै कारण केही व्यक्तिले सामाजिक सञ्जालमा खुलेयाम ज्यान मार्ने खालको तस्बिर कोरेर त्रसित पारेका थिए ।
पत्रकार झाले मंसिर १७ गते कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणमा तोक आदेशमा कर्मचारी भर्ना शीर्षकमा समाचार लेखेका थिए ।
नसरुल राजा र मो सजाद नामको फेसबुक आइडिबाट पत्रकार झाको तस्बिरमा क्रस चिन्ह लगाएर सार्वजनिक गरिएपछि पत्रकार झा त्रसित भएका छन् ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *