सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ

विचार

 

काठमाडौं, ५ फागुन

सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । सुनसरीको हरिनगर गाँउपालिका-७ स्थित देवानगंज पुल नजिकबाट गाँजासहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्की सुनसरीले दुहबि नगरपालिका ४ बस्ने २० वर्षीय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले दुहबिबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको ट्रयाक्टरमा शंका लागेर जाँच गर्दा ट्रयाक्टरको ट्रालीमुनि फल्सबटम बनाई बोरामा १४ पोका पारेर ल्याइएको गाँजा बरामद भएको हो ।

नियन्त्रणमा लिईएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा बुझाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *