मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त।

प्रदेश समाचार

मधेस प्रदेश – जनकपुरधाम, २७ पुस ,रसीद आलम  । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख मिश्रले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । यसअघि यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख मिश्रसमक्ष दाबी गरेका थिए ।

 

सातदलीय गठबन्धनमा मधेस प्रदेशमा पहिलो कार्यकाल जसपा र दोस्रो कार्यकाल जनमत पार्टीबाट मुख्यमन्त्री बन्ने सहमति छ । केही दिनअघि जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारलाई समर्थन गरिदिन प्रस्ताव गरेका थिए  ।

मधेस प्रदेशमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र जसपा तेस्रो ठूलो दल छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *