आज सरस्वती पूजा, सरस्वती मन्दिरहरूमा घुइँचो।

समाचार

बिरगंज , १२ माघ । आज सरस्वती पूजा,बिरगंज महानगर तथा  काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ । आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ ।

सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरिने भएको आजबाट बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने भएकाले बिहानैदेखि मन्दिरहरुमा घुइँचो लागेको हो ।

बिरगंज महानगरका ठाकुरराम बहुमुखी क्याम्पस ,काठमाडौका स्वयम्भू, मैतिदेवी, हनुमानढोकासहितका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो लागेको छ । बालबालिकाले मन्दिरका भित्ता तथा पर्खालमा  चकले लेखेर अक्षरारम्भ गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *