वीरगञ्ज ,१ चैत । पर्सा जिल्लामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाइ तथा अवरुद्ध सडक खुलाउने कार्य सम्पन्न गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८२ फागुन ३० गते सखुवाप्रसौनी गाउँपालिका–२ स्थित शिव मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो। उक्त कार्यक्रम नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहकार्यमा सम्पन्न भएको प्रहरीले जनाएको छ।
यसैबीच, मिति २०८२ फागुन २९ गते साँझ करिब ७:४० बजे पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टी छटीघाट सडक खण्डमा हावाहुरीका कारण रुख ढल्दा सडक अवरुद्ध भएको थियो।
घटनापछि नेपाल प्रहरीको टोली तत्कालै घटनास्थलमा पुगेर ढलेको रुख हटाई सडक सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उक्त घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको पनि प्रहरीले जानकारी दिएको छ।
